10 months ago
February 28, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ।
आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ। यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ। जसल खेल जित्छ। सो टोली सेमिफाइनलमा पुग्नेछ।
हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ। जुन असंभव जस्तै देखिएको छ। आज वर्षाले खेल प्रभावित हुने संभावना पनि रहेको छ। यदि खेल रद्द भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ।
पछिल्ला आइसिसी प्रतियोगिताहरयमा यी दुई टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक रहँदै आएको छ। २०२३ को पुरुष एकदिवसीय विश्वकपमा ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराएको थियो।
तर अफगानिस्तानले २०२४ को पुरुष टि ट्वान्टी विश्वकपमा बदला लिँदै अष्ट्रेलियालाई पराजित गरेको थियो।
दुवै टोलीले इङ्गल्याण्डलाई हराउँदै सेमिफाइनलमा पुग्ने संभावनालाई कायमै राखेका हुन्। आजको खेल दुवैको लागि सेमिफाइनल पुग्ने ठुलो अवसर पनि हो। यसअघि अष्ट्रेलियाले इङ्गल्याण्डलाई ५ विकेटले हराउँदा दक्षिण अफ्रिकासँगको खेल वर्षाको कारण वास आउट भएको थियो।
अफगानिस्तानले इङ्गल्याण्डलाई ८ रनले हराएको थियो। दक्षिण अफ्रिका विरूद्ध अत्यन्त कमजोर सुरुवात गरेपनि खेलमा फर्कने प्रयास भने अफगानिस्तानले गरेको थियो। सो खेल दक्षिण अफ्रिकाले १ सय ७ रनले जितेको थियो।
इङ्गल्याण्ड विरूद्धको खेलमा अष्ट्रेलियाले आइसिसी एकदिवसीय प्रतियोगितामा १९८३ यताकै अनुभवहीन खेलाडी उतारेको थियो। तर दबाबमा परेर पनि उनीहरूले खेल्ने क्षमता भने देखाएका थिए।शतक प्रहार गरेका जोश इंग्लिस स्टार ब्याटरको रूपमा उदाएका छन्। अष्ट्रेलियाले कठिन परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना राख्छ।
तर त्यसका लागि युवा अनि उदीयमान अफगानिस्तानको चुनौती पार गर्नुपर्नेछ।अफगानिस्तानको प्रदर्शन भने स्पिन आक्रमणमा भर पर्नेछ।
यो समुहमा समान २ खेल खेलेका दक्षिण अफ्रिका र अष्ट्रेलियाको समान ३ तथा अफगानिस्तानको २ अंक छ।
लाहोरको खराब मौसमले पनि खेलमा प्रभाव पार्न सक्ने संभावना छ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]