9 years ago
February 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसिटिसी इन्डोर क्रिकेटको आयोजनामा शुक्रबारदेखि कर्पोरेट क्ल्यास २०१७ सुरु भएको छ गल्फुटार स्थित आयोजककै इन्डोरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन ५ ओटा खेल भएको थियो।

बैंक अफ काठमाडौँका गणेश खत्री
दिनको पहिलो खेलमा टेली वर्ल्डले मेगा बैंकलाइ ६ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ रोजेको मेगा बैंकले ८.३ ओभरमा अलआउट हुनुअघि ३७ रन जोड्यो। ३८ रनको झिनो लक्ष्य पछ्याएको टेली वर्ल्डले ६.२ ओभरमै लक्ष्य पुरा गरेर सहज जित दर्ता गर्यो।
दोश्रो खेलमा बैंक अफ काठमाडौँ लुम्बिनीले नेपाल खेलकुद पत्रकार मंचलाई २ विकेटले पराजित गर्यो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो ब्याटिङ गरेको पत्रकार मंचले इनिङको अन्तिम बलमा अलआउट हुदै ७२ रन जोड्यो। खराब सुरुवात गरेको बैंक अफ काठमाडौँले मध्यक्रममा राम्रो प्रदर्शन गरेपछि निर्धारित लक्ष्य ७ बल अगावै पछ्याएको थियो। तिन विकेट लिएका गणेश खत्री म्यान अफ द म्याच भए।
दिनको तेश्रो खेलमा माच्छापुछ्रे बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीचको नतिजा भने खेलको अन्तिम बलमा टुंगो लागेको थियो। निर्धारित १२ ओभरमा ४ विकेट गुमाउदै ८२ रन जोडेको माच्छापुछ्रेले एन.एल.आई.सीलाइ रोक्न सकेन। सुनीत श्रेष्ठले २५ बलमा ४४ रन बनाउदै ३ विकेट लिएपनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन। एन.एल.आई.सीले ६ विकेट गुमाउदै अन्तिम बलमा लक्ष्य पुरा गरेको थियो। पराजित टोलीका सुनीत श्रेष्ठले म्यान अफ द म्याचको उपाधि जिते।
चौथो खेलमा सिटिजन्स बैंकले नागरिकलाइ ५६ रनको भरि अन्तरले पराजित गर्यो। पहिलो ब्याटिङ गरेको सिटिजन्सले निर्धारित १२ ओभरमा अलआउट हुदै १०१ रन बनायो। उसको लागि ४१ रन नागरिकका बलरले एक्स्ट्रा दिएका थिए। जवाफी ब्याटिङमा उत्रेको नागरिक ७ ओभरमा अलआउट हुनु अघि ४५ रनमात्र जोड्न सक्यो। विजेता टोलीका सुशान्त देवकोटा म्यान अफ द म्याच भए।
दिनको अन्तिम खेल पनि एकतर्फी रह्यो। आई.सी.एफ.सीले म्याक्स मिडियालाइ ४७ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्यो। पहिलो ब्याटिङ गरेको आई.सी.एफ.सीले ९.२ ओभरमा अलआउट हुदै ९० रन बनाएको थियो। तर म्याक्स मिडियाको ब्याट्सम्यान चल्न नसकेपछि ८.२ ओभरमा अलआउट हुदै मात्र ४३ रन जोड्न सके। खेलका म्यान अफ द म्याच विजेता टोलीका समिर क्षेत्री भए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]