10 months ago
March 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ को वार्षिक कमयालेन्डर सार्वजनिक गरेको छ। महिला पुरुष सिनियर, उमेरमा समूहको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता लगायत ५५ वटा कार्यक्रम सामेल गरिएको छ।
जारी गरिएको क्यालेन्डरमा क्यानले आयोजना गर्ने कार्यक्रमलाई मात्र समेटिएको जानकारी सचिव पारस खड्काले दिए। प्रदेश र क्षेत्रले गर्ने कार्यक्रमा यो क्यालेन्डरमा राखिएको छैन ।
यो पटक टियु खेल मैदानमा पुनः निर्माणको कामले गर्दा सबै जसो अन्तराष्ट्रिय सिरिज अवे नै राखिएको सचिव खड्काले बताए।
उनले विश्व लिग डिभिभन २ र विश्व कप छननौट नै यो पटक प्रमुख लक्ष्य रहेको कारण यसको तयारीलाई महत्व दिइएको पनि बताए।
उनले वर्षाको समयमा अष्ट्रेलिया भ्रमण अनि टेष्ट मान्यता प्राप्त राष्ट्रहरूसँगको टुरको निर्णय अबको केहि सातामा हुने पनि बताए। नेपाली राष्ट्रिय क्रिकेट टिमले सन् २०२५ मा खेल्ने प्रतियोगिता र तालिका यसप्रकार छ।

पुरुष सिनियर अन्तर्राष्ट्रिय
हङकङ क्वाड्राङ्गुलर सिरिज (अप्रिल ९-१३) – हङकङ, नेपाल, कतार, नामिबिया
यूके भ्रमणको तयारी (मे १५-३०)
नेपाल ए टिम सिरिज (मे)
आईसीसी सीडब्ल्यूसीएल २ (स्कटल्याण्ड, नेपाल, नेदरल्यान्ड्स) – जुन ३-१२
स्कटल्याण्ड बनाम नेपाल टी-२० द्विपक्षीय सिरिज (जुन)
भारतका विभिन्न स्थानमा पोकेट क्याम्प (अगस्ट)
टी-२० विश्वकप छनोट तयारीका लागि अस्ट्रेलिया भ्रमण (सेप्टेम्बर)
आईसीसी सीडब्ल्यूसीएल २ (यूएई, अमेरिका, नेपाल) (अक्टोबर २५ – नोभेम्बर ५)
हङकङ सिरिज (नोभेम्बर १-८)
३ घरेलु एकदिवसीय खेल ओमानसँग (आईसीसी सीडब्ल्यूसीएल २) – नेपाल, ओमान, यूएई | ३ टी-२० खेल ओमानसँग (डिसेम्बर)
घरेलु प्रतियोगिताहरूमा पुरानै प्रतियोगिताहरूले निरन्तरता पाएका छन्। जसमा महानगरपालिका कप पहिलो पटक समावेश गरिएको छ। ६ महानागरपालिकाले पालैपालो आयोजना गर्ने यो प्रतियोगिताका लागि भने क्यानले टिम बनाइदिनेछ।
पहिलो संस्करण वीरगञ्जले गर्ने संभावना रहेको र टी ट्वान्टी फरम्याटमा हुने बताइएको छ। पुरूष घरेलु क्रिकेटको तालिका यस प्रकार रहेको छ।
पुरुषको घरेलु क्रिकेट
जय ट्रफी मेन्स एलीट कप | रेटिङ क्याम्प (जनवरी १६-२४)
पीएम कप जिल्ला (जनवरी २० – फेब्रुअरी १०) | फाइनल (फेब्रुअरी १५ – मार्च २)
पीएम कप सिनियर्स (मार्च ९-२९)
राष्ट्रिय टी-२० च्याम्पियनसिप (अप्रिल)
१०औं राष्ट्रिय खेलकुद (मे १७-२६)
सीएएन लेभल १ कोचिङ, अम्पायरिङ कोर्स, क्यूरेटर कोर्स (७ प्रदेश) (जुन)
एनपीएल मिनी अक्सन (अगस्ट)
नेपाल ए टिम टुर (भारत/बंगलादेश) (सेप्टेम्बर)
प्रादेशिक प्रतियोगिता (अक्टोबर)
नेपाल प्रिमियर लिग (नोभेम्बर)
महानगरपालिका कप (डिसेम्बर)
महिला अन्तर्राष्ट्रिय क्रिकेट
२ हप्ताको फिटनेस र फिल्डिङ क्याम्प (फेब्रुअरी)
नेपाल युगाण्डा भ्रमण (टी-२०आई, युगाण्डा क्वाड्राङ्गुलर) (मार्च)
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट (मे १७-२४) – थाइल्याण्ड, हङकङ, यूएई, कुवेत, मलेसिया, नेपाल, कतार
महिला इमर्जिङ टिम्स एसिया कप (थाइल्याण्ड) (जुन)
नेपाल महिला टोलीको श्रीलंका भ्रमण (प्रस्तावित) (अक्टोबर)
नेपाल महिला टोलीको युगाण्डा, नामिबिया, नेदरल्यान्ड्सविरुद्ध सिरिज (नेपालमा) (नोभेम्बर)
महिला घरेलु क्रिकेट
पीएम कप (जनवरी १४-२५)
१०औं राष्ट्रिय खेलकुद (मे १७-२६)
महिला एलिट कप (५० ओभर) (सेप्टेम्बर)
यो पटक यु-१९ टिमलाई पनि प्राथमिकताका साथ समेटिएको क्यानको भनाई छ। आईसीसी यु-१९ पुरुष विश्वकप एसिया छनोटलाई नै प्रमुख रूपमा लिइएको छ। तालिका यसप्रकार रहेको छ।
पुरुष यु-१९ घरेलु/अन्तर्राष्ट्रिय
सीएएन युथ कप (यु-१९) त्रिकोणात्मक सिरिज (जनवरी २६ – फेब्रुअरी २)
आईसीसी यु-१९ पुरुष विश्वकप एसिया छनोट (अप्रिल १२-२८)
नेपाल इमर्जिङ टिम्स एसिया कप (थाइल्याण्ड) (जुन)
नेपाल यु-१९ टोलीको मलेसिया भ्रमण (जुलाई)
नेपाल यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता (सेप्टेम्बर)
एसीसी पुरुष यु-१९ प्रिमियर कप (अक्टोबर)
एसीसी पुरुष यु-१९ एसिया कप (यूएई) (डिसेम्बर)
महिला यु-१९
आईसीसी यु-१९ महिला क्रिकेट विश्वकप (फेब्रुअरी)
राष्ट्रिय विद्यालय च्याम्पियनसिप (अप्रिल)
यु-१९ विद्यालय च्याम्पियनसिप (सेप्टेम्बर)

December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]