default_image

9 months ago

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

1446 views

0 Bookmark

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ।

आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ।

यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए।

त्यसपछि भारतले सन् २०१३ मा दोस्रो पटक उपाधि जितेको थियो। २००४ को विजेता न्युजिल्यान्डको दोस्रो पटक उपाधि जित्ने सपना भने पुरा हुन सकेन्।

आजको फाइनलमा २ सय ५२ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेटको नोक्सानीमा जित हात पार्यो।

दुबई इन्टरनेशनल स्टेडियममा भारतले उत्कृष्ट सुरुवात गर्यो। कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय साझेदारी गरे। यी दुईले पहिलो विकेटको लागि १०५ रनको साझेदारी गर्दै न्युजिल्यान्डका बलरलाई दबाब दिए।

यो क्रममा रोहितले ४१ बलमा ५ चौका र ३ छक्काको‌ मद्दतमा महत्वपुर्ण अर्धशतक प्रहार गरे। मिचेल स्यान्टनरको बलमा ३१ रन बनाएका शुभमन पहिलो विकेटको रूपमा आउट भए।

लगतै भरपर्दा अनि अनुभवी खेलाडी विराट कोहली सामना गरेको दोस्रो बलमा मात्र १ रन जोडेर आउट भए। उनलाई ब्रेसवेलले एलबीडब्लु धरापमा पारे।

क्रिजमा जमेका रोहितलाई राचिन रविन्द्रले पविलियनको बाटो देखाइदिए। ८३ बल खेल्दै ७ चौका र ३ छक्का सहित उनले ७६ रन जोडे। यसपछि तेस्रो विकेटको नोक्सानीमा भारतले १ सय २२ रन बनाएको थियो।

त्यसपछि श्रेयस अयर र अक्सर पटेलले चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे। श्रेयस अर्धशतकबाट २ रनले चुके। ४८ रनमा आउट भए। अक्सर पटेल २९ रन जोडेर पविलियन फर्के।

केएल राहुल र हार्दिक पाण्ड्याले भारतलाई जिततर्फ डोर्याए। यो क्रममा १८ रनमा केयल जमयामीसनद्वारा कट एण्ड बोल्ड भए। केएल अविजित ३४ रनमा रहँदै भारतलाई जित दुलाउन सफल रहे।

बलिङमा मिचेल स्यान्टनर र माइकल ब्रेसवेलले २/२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले संघर्ष गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो।

विल योङ्ग र रचिन रविन्द्रले पहिलो विकेटको लागि ५७ रनको साझेदारी गरे। योङ्ग १५ रनना आउट भएसँगै न्युजिल्यान्डको विकेट निरन्तर अन्तरालमा झर्यो।रचिनलाई ३७ रनमा कुलदीप यादवले बोल्ड आउट गरे।

लगत्तै मात्र ११ रन बनाएका केन विलियाम्सनलाई पनि कुलदीप यादवले कट एण्ड बोल्ड गर्दै पविलियनको बाटो देखाईदिए। ७५ रन जोड्दा ३ विकेट गुमाएको न्युजिल्यान्डले सुरूवात राम्रो गर्न सकेन्। टम लाथम १४ रनमा आउट भए।

त्यसपछि डार्यल मिचेल र ग्लेन फिलिप्सले पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोशिस गरे। फिलिप्स ३४ रनमा आउट भए। मिचेल र सातौं क्रमका ब्याटर माइकल ब्रेसवेलले अर्धशतक बनाए।

मिचेलले १ सय १ बल खेल्दै सर्वाधिक ६३ रन जोडे। ब्रेसवेल अविजित ५३ रनना क्रिजमा रहे। उनले ४० बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे।

बलिङमा कुलदीप यादवले १० ओभरमा ४० रन दिएर २ विकेट लिए। १० ओभर नै खेलेका वरूण चक्रवर्तीले ४५ रन खर्चेर २ विकेट झारे। रविन्द्र जडेजा र मोहम्मद सामीले समान १ विकेट लिए।

भारत ग्रुप ‘ए’ को विजेता र न्युजिल्यान्ड यही समुहबाट उप विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए।‌ भारतले सेमिफाइनलमा अष्ट्रेलिया र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.