9 months ago
March 10, 2025
हिमाल खरेल,मेचीनगर
झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे ।
बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक समान २१ रन बनाएका थिए । रिजन र अर्पणले समान २० बल खेल्दै २१ रन बनाएका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ बाहुनडाँगीका लागि सन्तोष प्रधान र नाजिर हुसेनले समान ३ ,अभिषेक दाहाल र रमण कार्कीले समान २ विकेट हात पारे ।
७३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बाहुनडाँगीले १६.२ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।
बाहुनडाँगीका लागि रोमन कार्कीले ३८ बलमा ५ चौकाको मद्दतमा २८ रन बनाए । गणेश पौडेलले ७ बलमा १६ रन बनाएका थिए ।
बलिङतर्फ बुधबारेका लागि रिजन लिम्बूले सर्वाधिक २ विकेट लिए भने टेकेन्द्र कार्की, अर्जुज बराइली, मन्दिप खरेल र मिरोज सिटौलाले समान १ विकेट हात पार्न सफल भए ।
बाहुनडाँगीका रोमन कार्की प्लेयर अफ द म्याच भए । उनले नगद १ हजार र मायाको चिनो प्राप्त गरे । रोमन ३ विकेट लिएका थिए भने सर्वाधिक २८ रन प्रहार गरेका थिए ।
प्रतियोगिताको विजेतसले ५० र दोस्रो टोलीले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]