9 months ago
March 11, 2025
हिमाल खरेल, मेचीनगर
पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो ।
सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे ।
पेनोरिसका लागि सुनिल ठाकुरले ३५ बलमा सर्वाधिक ५६ रन बनाए । त्यस्तै, सिन्टु देवले १९ रन, करणजित रोयले १७ रन तथा बोनम अली खान र अनुज रोयले समान १२ रन बनाए ।
बलिङतर्फ बिर्तामोडका लागि ज्ञानु श्रेष्ठले सर्वाधिक ५ विकेट लिए । उनले कसिलो बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चे ।
त्यस्तै, बिर्तामोडका लागि विक्रम यादवले २ तथा दिपु चौधरी, समिर चौधरी र अर्पण कोइरालाले समान १ विकेट हात पारे ।
१ सय ४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बिर्तामोडले १७.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रन मात्रै बनाउन सक्यो ।
बिर्तामोडका लागि भुपेश बजगाईंले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, टोलीका लागि एलिस मण्डलले १९, समिर चौधरीले १७, ज्ञानु श्रेष्ठले १२ तथा सिवन्स बजगाईंले ११ रन बनाए।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा बिर्तामोडले हार व्यहोर्न पुग्यो ।
बलिङतर्फ पेनोरिसका लागि बोनाम अली खानले सर्वाधिक ४ , राकेश बर्माले ३ तथा करणजित रोय, अनुज रोय र देवाशिष मिथेले समान १ विकेट लिएका थिए ।
पेनोरिसका बोनाम अली खान प्लेयर अफ द म्याच
भए । उनले १ हजार रुपैयाँ र मायाको चिनो प्राप्त गरे । उनले ४ विकेट र १२ रन बनाए ।
प्रतियोगिताको विजेता टोली ५० र दोस्रो टोलीले ३० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]