default_image

9 months ago

March 14, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार तेस्रो जित

537 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।

विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसको जितमा ओपनर कुशल भुर्तेलले ५७ बलमा २ छक्कासहित सर्वाधिक ३१ रन जोडे । गुलशन झाले २० बलमा नट आउट १२ रन जोडे ।

गुलशनले चौका प्रहार गर्दै खेल समाप्त गरेका थिए । अर्जुन साउद ११ र रशिद खान १० रनमा आउट भए

एपिएफका भुवन कार्कीले ३, कप्तान रोहित पौडेल र अभिषेक गौतमले समान २ तथा कमलसिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर एपिएफले ब्याटिङको निर्णय लिएकोमा २७.४ ओभरमा ९४ रनमा समेटियो ।

एपिएफका लागि सन्दीप जोराले सर्वाधिक २९ बलमा ४ चौकासहित २६ रन जोडे । ओपनर लोकेश बम २४ बलमा ३ छक्काको सहयोगमा २२ रन जोड्दै आउट भए ।

आसिफ शेख र अमरसिंह राउटेलाले समान १० रन जोडे । पहिलो र दोस्रो खेलमा कम रनमा समेटिएका कप्तान रोहितले यो खेलमा पनि खास योगदान दिन सकेनन् । राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहितले ३ खेलमा गरेर जम्मा २५ रन जोडेका छन् ।

प्लेयर अफ द म्याच समेत भएका पुलिसका ललितले ७.४ ओभरमा १८ रन खर्चिएर ६ विकेट लिए । कुशल, करण केसी, सागर ढकाल र गुलशनले समान १ विकेट लिए ।

लगातार तेस्रो जित हात पारेको पुलिस ६ अंकका साथ दोस्रो स्थानमा छ । पुलिसले पहिलोमा लुम्बिनी र दोस्रो खेलमा कोशीलाई पराजित गरेको थियो ।

तेस्रो खेलमा पहिलो हार बेहोरेको एपिएफ ४ अंक सहित तेस्रो स्थानमा छ । एपिएफले यसअघि मधेश र बागमतीलाई हराएको थियो ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । सिंग राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल हुनेछ । पुलिस प्रतियोगिताको गत संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.