default_image

9 years ago

February 26, 2017

नेपाल पहिलो अभ्यास खेलमा पराजित

138 views

0 Bookmark

नोयडा (हाम्रो खेलकुद) – अर्को महिना हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा राजवडा क्रिकेट क्लबसंग ४७ रनको हार व्येहोरेको छ नेपालका लागि कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेपनि पराजय भने टार्न सकेनन्

nepal-cricket-gyanendra-ashif

टस जितेर पहिलो ब्याटिङ गरेको राजवडाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा  २८१ रनको योगफल खडा गर्यो ओपनर रजत चप्परवालले ८० बलमा ९१ रनको आक्रामक इनिङ खेलेका थिए भने मध्यक्रमका ब्याट्सम्यान मधुर खत्रीले ११५ बलमा ९० रन बनाए मोहमम्द साफीले इनिङको अन्त्यतिर ३२ बलमा ५२ रनको उत्कृष्ट इनिङ खेल्दै टोलीलाई बलियो योगफल तर्फ डोर्याएका थिए

नेपालको लागि सन्दिप लामिछानेले २ विकेट लिए भने पेस बलर सोमपाल कामि र करण केसीको नाममा १-१ विकेट रह्यो राजवडाका तिन खेलाडी रनआउट भएका थिए नेपालले राजवडाको इनिङमा ७ बलर प्रयोग गरेको थियो

२८२ रनको लक्ष्य पछ्याएको नेपालले अलआउट हुनुअघि ४७.१ ओभरमा २३४ रन जोड्यो नेपालको लागि नयाँ जोडीको सुरुवात राम्रो हुन सकेन इनिङको चौथो बलमा ओपनर आसिफ शेख शुन्य रनमा आउट भएपछि सागर पुन र ज्ञानेन्द्र मल्लले दोश्रो विकेटका लागि ७५ रनको साझेदारी गरे सागरले आउट हुनुपूर्व ४४ बलमा २८ रन बनाएका थिए

कार्यवाहक कप्तान ज्ञानेन्द्रले राम्रो खेल खेलिरहँदा नेपालको मध्यक्रमले राम्रो साथ दिन नसकेपछि खेलमा नेपालको पकड कमजोर बन्दै गएको थियो मध्यक्रममा आएका राजेश पुलामी मगर (८), शरद भेषवाकर (४) र दिपेन्द्र ऐरी (८) रनमा आउट भएका थिए

बिनोद भण्डारीले २० रन बनाए भने महबुब अलामले मात्र ४ रन जोड्न सके ज्ञानेन्द्रले ११९ बलमा शतक प्रहार  गरेका थिए साफीको बलमा एल.बि.डब्लु हुनु अघि उनले १२५ बलमा १०४ रनको योगदान दिए। इनिङको अन्तिम विकेट रहेका शक्ति गौचनले १४ रन बनाए भने बसन्त रेग्मी १२ रनमा अविजित रहे।

नेपालले भारत भ्रमणमा रहेर तिन अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.