9 months ago
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ ।
साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
पुलिसको जितमा कप्तान दीपेन्द्रले २३ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ५४ रन जोडे । उनले २२ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर अर्जुन साउद ४५ बलमा १८ रनमा नट आउट रहे ।
कुशल भुर्तेलले रनको खाता नखोल्दा दिलिप नाथ १० रनमा नट आउट रहे । गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान १ विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रनमा अल आउट भएको थियो ।
गण्डकीका लागि युवा ओपनर अर्जुन कुमालले ४८ बलमा ८ चौकासहित सर्वाधिक ४८ रन जोडे । रोहित चन्द र सुवास भण्डारी समान १० रनमा आउट भए । गण्डकीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि ललितले पिएम कपमा लगातार चौथो पटक ५ विकेट हल लिए । उनले ५.२ ओभरमा ७ रन खर्चिएर ५ विकेट लिएका थिए । यसअघि ललितले एपिएफविरुद्ध ६, मधेशविरुद्ध ५ तथा सुदूरपश्चिमविरुद्ध ६ विकेट लिएका थिए । गुलशन झाले ४ विकेट लिए ।
पुलिस खेलेको सबै ६ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा यथावत छ । गण्डकीको समान खेलमा २ अंकमा रहेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]