default_image

9 months ago

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

1046 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ ।

पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो ।

बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित सर्वाधिक ७० रन जोडे । शुभ कंसाकारले २८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३६ रन जोडे ।

विपिन आर्चाय २०, सुर्य तामाङ १७, प्रतिस जिशी १४ र आशुतोष घिरैया १२ रनमा आउट भए । पुलिसका लागि ललित नारायण राजवंशीले ४, कुशल भुर्तेलले ३, करण केसीले २ तथा गुल्शन झाले १ विकेट लिए ।

त्यसअघि एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो ।

यो योगफल यस संस्करणको सर्वाधिक ठूलो योगफल हो । यसअघि पुलिसले नै २ पटक तथा बागमतीले १ पटक २ सय ८८ रनको योगफल तयार गरेको थियो ।

पुलिसले कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक बनाए। ओपनर कुशलले सर्वाधिक ८८ रन जोडे । यस संस्करणको तेस्रो अर्धशतक बनाएका कुशलले ९८ बलको सामनामा ११ चौका प्रहार गरे । कप्तान दीपेन्द्र ४६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६० रन जोडे ।

पहिलो विकेटका लागि ओपनरद्वय कुशल र अमित श्रेष्ठले १ सय २४ रनको सानदार साझेदारी गरे । अमित ५१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४८ रन जोड्दै आउट भए । गुलशम झा १५ बलमा १६, आरिफ शेख ४६ बलमा ३८ तथा दिलिप नाथ १० रनमा आउट भए ।

२ सय ६२ रनमा मात्र ४ विकेट गुमाएर विशाल योगफलको संकेत गरेको पुलिसले ३५ रन जोड्दा पछिल्ला ४ विकेट गुमायो । पछिल्लो ५ ओभरमा पुलिसले ४ विकेट गुमाएर ३८ रन मात्र जोड्न सक्यो ।

बागमतीका लागि प्रतिस जिशीले ३ तथा रिजन ढकाल, विपिन आचार्य, साकार गजुरेल र इशान पाण्डेले समान १ विकेट लिए । प्रतियोगितामा खेलेको ७ खेलमै अपराजित रहँदै पुलिस शीर्ष स्थानमा कायमै छ । बागमती ६ खेलमा ४ अंकका साथ आठौं स्थानमा खस्केको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.