9 months ago
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक योगफल तयार गरेको छ ।
जारी खेलमा कर्णालीले मधेशविरुद्ध रनको ऐतिहासिक योगफल तयार गर्ने क्रममा एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गर्दै ४९.१ ओभरमा २ सय २० रनको बनाएको छ ।
कर्णालीले यसअघि कोशीविरुद्ध यसै संस्करणमा २ सय १८ रनको योगफल तयार गरेको थियो ।
कर्णालीका लागि निरन्तर दोस्रो खेलमा अर्धशतक बनाएका दीपेन्द्र रावतले सर्वाधिक ६१ रन जोडे । उनले ९२ बलमा ६ चौका प्रहार गरे ।
पाँचौं विकेटका लागि दीपेन्द्रले अर्जुन घर्तीसँग ३६ रनको साझेदारी गरे । अर्जुन २० बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रनमा आउट भए ।
सातौं विकेटका लागि दिनेश अधिकारीसँग दीपेन्द्रले ६० रनको साझेदारी गरे । दिनेशले ४४ बलमा १ चौका र २ छक्काको साथमा २४ रन जोडे ।
प्रकाश जैशी ३७ बलमा २०, रविन्द्र जंग शाही १४ बलमा १३ रन जोड्दै आउट हुँदा कप्तान दिवान पुन २० बलमा १८ रनमा नट आउट रहे ।
मधेशका लागि रुपेश सिंह, रञ्जित कुमार, कप्तान अनिल साह, कमल गुप्ता र हरिशंकर साहले समान २ विकेट लिए ।
कर्णाली ६ खेलमा ६ अंकका साथ पाँचौ स्थानमा छ । मधेश ५ खेलमा ४ अंकका साथ छैठौं स्थानमा छ ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]