9 months ago
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आज गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ।
आर्मीको जितमा सहबाब अलमाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जितको लागि १ सय १७ रनको विजय लक्ष्य आर्मीले २६.५ ओभरमा मात्र ४ विकेटको नोक्सानीमा पुरा गर्यो।
कप्तान विनोद भण्डारी १ रनमा र इमरान शेख १२ रनमा आउट भए। २ विकेटको नोक्सानीमा आर्मीले ३५ रन मात्र जोडेको थियो।
त्यसपछि भीम सार्की १४ रनमा पबिलियन फर्किए। यसपछि त्रित राज दासले सर्वाधिक ३७ रन बनाए। बसिर अहमद अविजित ३२ रनमा रहँदै टिमलाई जित दिलाए।
बलिङमा चन्द्र पौडेल, विपिन खत्री, सुवाश भण्डारी र सुदीप अर्यालले समान १ विकेट लिए।
त्यसअघि गण्डकी प्रदेशले ३०.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १ सय १६ रन बनायो। उसको लागि अर्जुन कुमालले सर्वाधिक ३३ रन जोडे।
दीपक डुम्रेले १९ रन, कमल परियारले १७ रन र कप्तान खत्रीले अविजित १५ रन बनाए। त्यस बाहेक अन्य ब्याटर दोहोरो रन छुन सकेनन्।
बलिङमा सहबाब अलमाले १० ओभर बलिङ गर्दै १ मेडन सहित ५ विकेट लिए्। कुशल मल्ल र नरेन साउदले समान २ विकेट झारे।
आर्मीको यो छैटौं जित हो। ७ खेलबाट उसले १२ अंक बनाउँदै दोस्रो स्थानमा रहेको छ। गण्डकीको भने यो छैटौं हार हो। उसले ७ खेलबाट २ अंक मात्र बनाएको छ। गण्डकी लिगको पुछारमा छ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]