default_image

9 months ago

March 23, 2025

आइपिएलमा आज चेन्नई र मुम्बई खेल्दै

1033 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या शनिवार चेन्नईको एमए चिदम्बरम स्टेडियममा अभ्यास सत्रको क्रममा चेन्नई सुपर किंग्सका महान खेलाडी महेन्द्र सिंह धोनीलाई अँगालो मार्दै गर्दा क्यामरामा कैद भएका थिए।

हार्दिकले अघि बढ्न खोजेका धोनीलाई जान दिएनन् र दुवै दुवैजना हाँसे। भारतीय अलराउन्डरले धोनीका बाइसेप्स र काँध छामे ‌। हुन सक्छ विश्वकप विजेता कप्तानको फिटनेसको हार्दिक अनुमान गरिरहेका थिए ।
केही समयको कुरानी गरेपछि हार्दिक र धोनी आ-आफ्नो प्रशिक्षण जुटे ।

चेन्नई विरुद्ध हार्दिक खेल्ने छैनन्

चेन्नईसँगको खेल हार्दिकले गुमाउनेछन्। उनको अनुपस्थितिमा सूर्यकुमार यादवले मुम्बईको नेतृत्व गर्नेछन्।

हार्दिकले गत सिजनको अन्तिम खेलमा स्लो ओभर रेट गरेका कारण प्रतिबन्धका कारण चेन्नई विरुद्ध खेल्न पाउने छैनन्।

त्यस्तै, टोलीका बलर जसप्रित बुमराह पनि ब्याक इन्ज्युरीबाट पूर्ण रुपमा निको भइ नसकेका कारण यो पहिलो खेलमा उपलब्ध हुने छैनन्। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

बुमराह र हार्दिक नहुँदा असर पर्छ’ सूर्यकुमार

चेन्नई विरुद्धको खेलअघि प्रि म्याचमा मुम्बईका कार्यवाहक कप्तान सूर्यकुमारले हार्दिक र बुमराहको अनुपस्थितिले टोलीलाई असर गर्ने बताए।

उनले भने, ‘यस्ता उत्कृष्ट खेलाडीहरूको स्थान भरिन गाह्रो हुन्छ। तर, खेल निरन्तर चलिरहनुपर्छ।’

सूर्यकुमारले टोलीका अन्य खेलाडीलाई जिम्मेवारी लिन प्रोत्साहित गर्दै थपे, “केटाहरू जिम्मेवारी लिन तयार छन्। कुनै खेलाडीको स्थान पूर्ति गर्नु गाह्रो हुन्छ, तर हामीसँग यस्तो गर्न सक्षम खेलाडीहरू छन्।’

सूर्यकुमारले आफ्नो फर्मबारे आएका टिप्पणीलाई सहजै अस्वीकार पनि गरे। यो वर्षको सुरुवातमा इंग्ल्यान्डविरुद्धको ५ खेलको टि ट्वान्टी सिरिजमा उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।

‘मेरो आइपिएल फर्म राम्रो छ। जति मेहनत गरिन्छ, भाग्य पनि त्यति नै साथ दिन्छ भन्नेमा म विश्वास राख्छु। । म नेट्समा कडा मेहनत गर्न रुचाउँछु, ‘ उनले भने।

सूर्यकुमारले खेलमा जाँदा आफ्नो दिमाग स्पष्ट रहने बताए । उनले थपे,’ मलाई थाहा हुन्छ, मैले के गर्नुपर्छ। त्यही क्षण मेरो लागि महत्वपूर्ण हुन्छ। जब मलाई लाग्छ कि म राम्रो अवस्थामा छु, टिमका लागि रन बनाउन सक्छु।’

त्यसअघि आइपिएलमा आज दिउँसो ३:४५ बजे सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको खेल सुरु हुनेछ।

आइपिएलको पहिलो दिन शनिवार रोयल च्यालेन्जर्स बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको थियो।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.