9 months ago
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- किरण ठगुन्नाको शतकमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कोशी प्रदेशलाई ३१ रनले हराएको छ।
जितको लागि २ सय ४३ रनको विजय लक्ष्य पछाएको कोशी प्रदेश ४५.१ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै २ सय ११ रनमा समेटियो।
ओपनर सोनु अन्सारी बिना कुनै रन आउट भए। त्यसपछि सकिब हक र आयिश भट्टराईले दोस्रो विकेटको लागि ८३ रनको साझेदारी गरे। आयिश ३६ रन जोडेर रन आउट भए।
त्यसपछि ठुलो साझेदारी बन्न सकेन। सकिबले सर्वाधिक ६२ रन बनाए। कप्तान अंकित सुवेदी र समिर कार्कीले समान ३८ रन जोडे।
यी बाहेक अन्य खेलाडी सस्तो रनमा समेटिए। बलिङमा सौर्य श्रेष्ठले ३ र भोजराज भट्टले २ विकेट लिए।
त्यसअघि देउखुरी अन्तराष्ट्रिय स्टेडियममा पहिले ब्याटिङ गरेको सुदुर ४३.४ ओभरमा २ सय ४२ रन बनाउँदै अल आउट भएको थियो।
३४ रन जोड्दा ३ विकेट गुमाइसकेको सुदुरले सुरुवात राम्रो गर्न नसके पनि छैटौं क्रमका किरण ठगुन्नाले सानदार पारी खेले। उनले शतकीय पारी खेले।
किरणले ८१ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै सानदार शतक प्रहार गरे। जुन टिमको जितको प्रमुख आधार पनि बन्यो। उनी १ सय १५ रन जोडेर फिर्दोश अन्सारीको बलमा आउट भए।
अन्यले उल्लेख्य रन बनाउन सकेनन्। कोशीले ३२ रन एक्स्ट्रा दिएको थियो। बलिङमा ज्ञानेन्द्र श्रेष्ठले ९ ओभर ४ बल बलिङ गर्दै १ मेडन सहित ४८ विकेट खर्चेर ४ विकेट झारे। फिर्दोश अन्सारी र अंकित सुवेदीले समान २ विकेट लिए।
सुदूरपश्चिमको यो तेस्रो जित हो। जितका बाबजुद सुदूरपश्चिम फाइनलको दौडबाट बाहिरिसकेको छ। उसले ८ खेलबाट ६ अंक बनाएको छ। कोशीको यो सातौं हार हो। उसँग मात्र २ अंक रहेको छ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]