default_image

9 months ago

March 23, 2025

किसनको शतकमा हैदरावादको शानदार प्रदर्शन

3484 views

0 Bookmark

एजेन्सी – इशान किसनको आक्रमक शतकीय इनिङसँगै सनराइजर्स हैदरावादले आइपिएलमा राजस्थान रोयल्स विरुद्ध सानदार प्रदर्शन गरेको छ ।

किसनले नटआउट १ सय ६ रन बनाएपछि हैदरावादले ६ विकेटको नोक्सानीमा २ सय ८६ रनको विशाल योगफल तयार पारेको छ।

हैदरावादको राजीव गांधी स्टेडियममा राजस्थानले टस जितेर हैदरावादलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो।

आइपिएल इतिहासमा यो दोस्रो ठूलो योगफल हो । अघिल्लो सिजनमा हैदरावादले नै २ सय ८७ रनको कीर्तिमान बनाएको थियो। ४५ बलमा शतक पूरा गरेका किसनले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे ।

ओपनर ट्राभिस हेडले पनि आक्रमक खेल्दै अर्धशतक बनाए । हेडले ३१ बलमा ९ चौका र ३ छक्कासहित ६७ रन बनाए ।

अर्को ओपनर अभिषेक शर्माले २४, नितिशकुमार रेड्डीले ३० , हेन्रिच क्लासनले ३४ रन बनाए । राजस्थानका तुषार देश पाण्डेले ३ , महेश थिकसनाले २ र सन्दीप शर्माले १ विकेट लिए।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.