9 months ago
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली प्रदेशलाई ९ विकेटले हराएको छ।
बागमतीले ५९ रनको लक्ष्य ६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो। टोलीका ओपनर आशुतोष घिरइया १९ र शुभ कंसाकारले १६ नटआउट रहे। अर्का ओपनर इशान पाण्डेले सर्वाधिक २२ रन जोडे।
त्यसअघि रिजन ढकाल र सूर्य तामाङले ९ विकेट लिएपछि कर्णाली १९.१ओभरमा अल आउट हुँदै ५८ रन मात्र बनाउन सक्यो।
दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ रोजेको थियो। रिजनले ८.१ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए।

सूर्यले ७ ओभरमा २ मेडन राखेर १७ रन दिदैं ४ विकेट हात पारे । रिजन प्लेयर अफ दि म्याच घोषित भए।
कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दुवै टोली पिएम कपको फाइनल दौडबाट बाहिरिसकेको छन् । बागमती ८ खेलमा चौथो जितपछि ८ अंकसहित तालिकाको चौथो स्थानमा छ। समान खेलमा समान अंकसहित कर्णाली पाँचौं स्थानमा छ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]