8 months ago
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ।
लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ।
अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच लिग कै खेल हुन बाँकी छ । त्यो खेलमा पराजित आर्मी दोस्रो स्थानमा रहनेछ।
पुलिसको १६ अंक छ भने आर्मी र एपिएफको समान १४ अंक छ । हेड टु हेडमा आर्मी अगाडि छ। एपिएफ गत वर्ष शीर्ष चारमा पर्न असफल भएको थियो।
२ सय ५५ रनको लक्ष्य एपिएफले ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । लोकेशले अविजित रहँदै ५४ बलमा समान ६ चौका र छक्कासहित सर्वाधिक ८४ रन जोडे।
१ सय ६४ रनमा ८ विकेट गुमाएर हार नजिक पुगेको एपिएफको जितमा नवौं विकेटका लागि इर्शाद अहमदसँग मिलेर लोकेशले ९४ रनको साझेदारी गर्दै खेलमा जित दिलाए ।
इर्शादले ४० बलमा नट आउट १६ रन जोडे । कप्तान रोहित पौडेलले ७३ बलमा ६ चौकाको सहयोगमा ६१ रन बनाए । सन्दीप जोरा २५ बलमा ४ चौकाको सहयोगमा ३० रन जोड्दै आउट भए ।
कोशीको लागि दिपेश कंडेल र फिर्दोश अन्सारीले समान ३ तथा भुपाल लुइटेल र ज्ञानेन्द्र श्रेष्ठले समान १ विकेट लिए ।

त्यसअघि भैरहवाकोसिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशी ५० ओभरमा सबै विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो ।
टोलीका साकिब हकले ६३ बलमा ११ चौकाका साथ सर्वाधिक ६८ रन जोडे । कप्तान अंकित सुवेदी २३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।
सुजन थपलिया ५७ बलमा ३३, अइष भट्टराई ५७ बलमा ३४, ओपनर चिराग साह ४८ बलमा २४ रनमा आउट भए ।
एपिएफका लागि मौषम ढकाल र अभिषेक गौतमले समान ३, कप्तान रोहितले २, इर्शाद र अमरसिंह राउटेलाले समान १ विकेट लिए ।
कोशीले ९ खेलमा २ अंक मात्र जोडेर पुछारमा रहँदै पपिएम कपको अन्त्य गरेको छ ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]