9 months ago
March 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो दोस्रो खेलमा कोलकाता नाइटराइडर्सविरुद्ध राजस्थान रोयल्सले मध्यम योगफल तयार गरेको छ ।
घरेलु मैदान गुवाहाटिमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाउन सक्यो ।
राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए । उनले २८ बलको सामना गर्दै ५ चौका प्रहार गरे । ओपनर सञ्जु स्यामसनले ११ बलमा १३ तथा नितिश रानाले ९ बलमा ८ रन जोडे ।
ओपनर यशस्वी जैसवाल २४ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रनमा आउट भए । जोफ्रा आर्चर ७ बलमा २ छक्काको सहयोगमा १७ रन जोड्दै आउट भए ।
कोलकाताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए । पहिलो खेलमा पराजित दुबै टोली पहिलो अंकको खोजीमा रहेको छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]