default_image

9 years ago

February 26, 2017

प्रशिक्षकका रुपमा बस्न्यातको छलाङ

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेट प्रशिक्षक राजु बस्न्यातले दक्षिण कोरियाली क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुलाई नेपाली क्रिकेटकै सफलतासँग जोडेर हेरेका छन् । ‘सामान्य अर्थमा हेर्दा यो मेरो सफलता जस्तो देखिन सक्छ । तर मैले यसलाई त्यसअर्थमा मात्र बुझेको छैन’ बस्न्यातले हाम्रो खेलकुदसँग भने,‘मैले कोरियामा राम्रो गर्न सके भने हाम्रो प्रशिक्षकहरुका लागि नयाँ ढोका खुल्न सक्छ । यसरी हाम्रो जनशक्तिको कदर भयो भने समग्रमा त्यो नेपाली क्रिकेटकै लागि फाइदा हुन्छ भन्ने मेरो विश्वास छ । ’

raju-basnet

तीन दिनअघि मात्र बस्न्यातलाई कोरिया क्रिकेट संघले मुख्य प्रशिक्षकका रुपमा अनुबन्धन गरेको थियो । उनी साता दस दिनपछि कोरिया जाने तयारीमा जुटिसकेको छन् । एक बर्षे सम्झौता गरेका बस्न्यातले त्यहाँको पुरुष÷महिला दुवै क्रिकेटको प्रशिक्षण सम्हाल्नु पर्ने सम्झौता पत्रमा उल्लेख रहेको बताएका छन् ।

उनले नयाँ जिम्मेवारीलाई व्यक्तिगत रुपमा जति उपलब्धीमा मानेका छन् त्यत्तिनै चुनौति पनि । ‘धेरै जनाबाट छनोट गरेकाले पक्कै पनि उपलब्धी हो’ उनले थपे, ‘उनीहरुले जुन खालको मातदण्ड राखेका थिए । ती सबै मापदण्ड मैले पुरा गरिसकेको थिए । अवसर पाए अब केही गरेर देखाउने चुनौतिसँगै जोडेर आएको छ ।’

नेपालका लागि वैदेशिक रोजगारीमा आकर्षक गन्तव्यस्थल रहेको कोरियामा बस्न्यात भने क्रिकेट संघको सम्झौतामा सम्मानजक अवस्थामा त्यहाँ पुग्दैछन् । उनले मासिक ५० लाख योनमा सम्झौता गरेको बताएका छन् । त्यसबाहेक एक बर्षमा तीन पटक २० लाख योन को भत्ता पाउनेछन् । खुसी हुँदै बस्न्यातले भने, ‘नेपालीका लागि ६ लाख रुपैयाँ भन्दा बढी मासिक पारिश्रमिक भनेको धेरै राम्रो हो ।’

सन् २००३ देखि झन्डै एक दशक नेपाली राष्ट्रिय टोलीका सदस्य रहेका बस्न्यातले यू १६ र महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पनि रहिसकेका छन् । कोरिया क्रिकेट संघले मुख्य प्रशिक्षकका लागि लेभल टु कोर्स, एपिएफ क्लब, महिला राष्ट्रिय टोलीलाई प्रशिक्षण गरेको अनुभवलाई मापदण्डमा राखेको थियो । लेभल थ्री कोर्स गरेका बस्न्यातले कोरियाले तोकेको सबै मापदण्ड पुरा गरिसकेका थिए । उनले थपे, ‘उनीहरुले तोकेको मापदण्ड भन्दा मेरो अनुभव अझै बढी देखिन्छ । मौका पाउछु भन्ने कता कता आशा थियो । मौका पाएको छु, अब आफुलाई प्रमाणित गर्नुछ ।’

कोरियामा क्रिकेट त्यति विकास भइसकेको छैन । बस्न्यातले भने, ‘त्यहाँको क्रिकेट विकास हुने क्रममा रहेको छ । कुनै पनि खेलको विकास हुन लामो समय लाग्छ । अब त्यहाँ पुगेर संघसँग मिलेर योजना बनाएर अघि बढ्ने प्रयास गर्नेछु । आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक पुरा गर्नेछु ।’

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.