9 months ago
March 27, 2025
एजेन्सी – सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ ।
जारी खेलमा हैदराबादले लखनउलाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको छ । घरेलु मैदान राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको योगफल तयार गर्यो ।
हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन जोडे । उनले २८ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे । अनिकेत बर्मा १३ बलमा ५ छक्काको सहयोगमा ३६ रन जोड्दै आउट भए ।
नितिश कुमार रेड्डि २८ बलमा ३२, हेनरिक क्लासेन १७ बलमा २६ तथा अभिषेक शर्मा ६ रनमा आउट भए । सिजनको पहिलो खेलमा राजस्थानविरुद्ध शतक बनाएका इशान किशन सामना गरेको पहिलो बलमा नै आउट भए । कप्तान प्याट कमिन्स ४ बलमा ३ छक्काको सहयोगमा १८ रन जोड्दै आउट भए ।
लखनउको लागि शार्दुल ठाकुरले ४ तथा आवेश खान, दिग्वेश राठी, रवि बिष्नोई र प्रिन्स यादवको नाममा समान १ विकेट गरे ।
पहिलो खेलमा पराजित लखनउ पहिलो जितको खोजीमा छ । लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो । राजस्थानलाई पहिलो खेलमा पराजित गरेको हैदराबाद लगातार दोस्रो जितको खोजीमा छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]