9 months ago
March 31, 2025
एजेन्सी – मुम्बई इण्डियन्सको घातक बलिङले कोलकाता नाइटराइटर्स इण्डियन प्रिमियर लिग(आइपिएल) मा सस्तैमा समेटिएको छ ।
मुम्बईको घरेलु मैदानमा जारी खेलमा कोलकाता १ सय १६ रनमा समेटिएको हो । वान्खडेमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाता १६.२ ओभरमा १ सय १६ रन बनाउँदै अल आउट भयो ।
कोलकाताका लागि अंगकृष्ण रघुवंशीले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २६ रन जोडे । रमनदिप सिंहले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा २२ रनमा आउट भए ।
मनिष पाण्डे १४ बलमा १९, रिकु सिंह १४ बलमा १७ तथा कप्तान अजिक्या राहाणे ७ बलमा ११ रन जोड्दै आउट भए ।
ओपनर सुनिल नारायणले रनको खाता खोल्न नसक्दा अर्का ओपनर क्विटन डि कक १ रनमा आउट भए । आन्द्रे रसल ५ तथा वेंकटेस अय्यर ३ रनमा पेभिलियन फर्के ।
कोलकाताको ब्याटिङ ध्वस्त बनाउँने क्रममा यसै खेलमा डेब्यु गरेका अश्विनी कुमारले ३ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिए । ट्रेन्ट बोल्टले पहिलो ओभरमा नै १ विकेट लिए । मिचेल सान्टनर, हार्दिक पाड्ण्या र विग्नेस पथुरले समान १ विकेट लिए ।
कोलकाता २ खेलमा १ जित र १ हारका साथ अंक तालिकाको छैंटौं स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलुरुसँगको पराजित भएको कोलकाताले राजस्थान रोयल्सलाई हराएको थियो ।
मुम्बई दुवै खेलमा पराजित भएको थियो । अंक बिहिन मुम्बई तालिकाको पुछारमा छ । जारी आइपिएलमा अंक बिहिन मुम्बई एक्लो टोली हो । आज घरेलु मैदानमा पहिलो अंक बटुल्ने लक्ष्यमा मुम्बई रहेको छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]