default_image

9 months ago

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

929 views

0 Bookmark

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

पञ्जाबको जितमा ओपनर ओपनर प्रभसिमरन सिंहले ३४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६९ रन जोडे । प्रभसिमरनले दोस्रो विकेटका लागि कप्तान श्रेयस ऐरसँग मिलेर ८४ रनको साझेदारी गरे । कप्तान ऐर ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रनमा नट आउट रहे ।

तेस्रो विकेटका लागि कप्तान ऐर र नेहाल बढेराले ६७ रनको विजयी साझेदारी गरे । नेहालले २५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४३ रनमा नट आउट रहे । ओपनर प्रियासं आर्य ८ रनमा आउट भए । लखनउका लागि दुवै सफलता दिग्वेश राठीले दिलाए ।

त्यसअघि लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार गरेको थियो ।

लखनउका लागि निकोलस पुरनले ३० बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४४ रन जोडेका थिए । आयुष बदोनीले ३३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाएका थिए ।

अब्दुल समाद १२ बलमा २ चौका र २ छक्काको सहयोगमा २७ रनमा आउट भएका थिए । ओपनर एडेन मारक्रम १८ बलमा २८, डेबिड मिलर १८ बलमा १९ तथा कप्तान ऋषभ पन्त २ रनमा आउट भएका थिए ।

पञ्जाबका लागि अर्शदिप सिंहले ३ तथा लकि फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को यानसन र युजभेन्द्र चहलले समान १ विकेट लिएका थिए ।

लगातार दोस्रो जितका साथ पञ्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो ।

यस्तै, पराजित लखनउले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । लखनउ ३ खेलमा २ अंकका साथ तालिकाको छैठौं स्थानमा छ । दिल्ली क्यापिटल्ससँगको पहिलो खेल गुमाएको लखनउले दोस्रोमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.