default_image

9 months ago

April 2, 2025

बेंगलुरुमाथि गुजरातको जित

1056 views

0 Bookmark

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ ।

बेंगलुरुको घरेलु मैदानमा बुधवार गुजरात ८ विकेटले विजयी भएको हो । बेंगलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको लगातार दोस्रो जितमा जोस बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन जोडे । उनले ३९ बलको सामना गरेर ५ चौका र ६ छक्का प्रहार गरे ।

तेस्रो विकटका लागि बटलरले शरफन रादरफोर्डसँग ६३ रनको विजयी साझेदारी गरे । रादरफोर्ड १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३० रनमा नट आउट रहे ।

दोस्रो विकेटका लागि बटलरले साई सुदर्शनसँग ७५ रनको साझेदारी गरे । ओपनर सुदर्शन ३६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४९ रनमा आउट भए ।

कप्तान समेत रहेका अर्का ओपनर शुभमन गिल १४ बलमा १४ रन जाेडे । बेंगलुरुका लागि जोस हेजलवुड र भुवनेश्वर कुमारको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

बेंगलुरुका लागि लियम लिभिङ्स्टोनले ४० बलमा १ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५४ रन जोडेका थिए । जितेश शर्मा २१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३३ रनमा आउट भएका थिए ।

टिम डेबिड १८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रनमा आउट भएका थिए । ओपनर फिल साल्ट १३ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाएका थिए ।

कप्तान रजत पाटीदार १२ बलमा १२, कुर्नाल पाण्ड्या ५ बलमा ५ तथा विराट कोहली ६ बलमा ७ रन जोड्दै आउट भएका थिए ।

गुजरातका लागि मोहम्मद सिराजले ३, साई किशोरले २ तथा प्रसिद्ध कृष्णा, अर्शद खान र इशान्त शर्माले समान १ विकेट लिए ।

गुजरातले खेलेको ३ खेल मध्ये २ मा जित र १ मा हारका साथ अंक तालिकाको चौथो स्थानमा यथावत छ । गुजरात पहिलो खेलमा पञ्जाब किंग्ससँग पराजित हुँदा दोस्रा खेलमा भने मुम्बई इण्डियन्सलाई हराएको थियो ।

तेस्रो खेलमा पहिलो हार बेहारेको बेंगलुरु ४ अंकका साथ तेस्रो स्थानमा छ । बेंगलुरुले पहिलो खेलमा कोलकातालाई पराजित गरेको थियो । बेंगलुरुले दोस्रो खेलमा चेन्नईलाई १७ वर्ष पछि उसको घरेलु मैदान चेपकमा हराएको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.