default_image

8 months ago

April 2, 2025

बेंगलुरुमाथि गुजरातको जित

1054 views

0 Bookmark

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ ।

बेंगलुरुको घरेलु मैदानमा बुधवार गुजरात ८ विकेटले विजयी भएको हो । बेंगलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको लगातार दोस्रो जितमा जोस बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन जोडे । उनले ३९ बलको सामना गरेर ५ चौका र ६ छक्का प्रहार गरे ।

तेस्रो विकटका लागि बटलरले शरफन रादरफोर्डसँग ६३ रनको विजयी साझेदारी गरे । रादरफोर्ड १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३० रनमा नट आउट रहे ।

दोस्रो विकेटका लागि बटलरले साई सुदर्शनसँग ७५ रनको साझेदारी गरे । ओपनर सुदर्शन ३६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४९ रनमा आउट भए ।

कप्तान समेत रहेका अर्का ओपनर शुभमन गिल १४ बलमा १४ रन जाेडे । बेंगलुरुका लागि जोस हेजलवुड र भुवनेश्वर कुमारको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

बेंगलुरुका लागि लियम लिभिङ्स्टोनले ४० बलमा १ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५४ रन जोडेका थिए । जितेश शर्मा २१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३३ रनमा आउट भएका थिए ।

टिम डेबिड १८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रनमा आउट भएका थिए । ओपनर फिल साल्ट १३ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाएका थिए ।

कप्तान रजत पाटीदार १२ बलमा १२, कुर्नाल पाण्ड्या ५ बलमा ५ तथा विराट कोहली ६ बलमा ७ रन जोड्दै आउट भएका थिए ।

गुजरातका लागि मोहम्मद सिराजले ३, साई किशोरले २ तथा प्रसिद्ध कृष्णा, अर्शद खान र इशान्त शर्माले समान १ विकेट लिए ।

गुजरातले खेलेको ३ खेल मध्ये २ मा जित र १ मा हारका साथ अंक तालिकाको चौथो स्थानमा यथावत छ । गुजरात पहिलो खेलमा पञ्जाब किंग्ससँग पराजित हुँदा दोस्रा खेलमा भने मुम्बई इण्डियन्सलाई हराएको थियो ।

तेस्रो खेलमा पहिलो हार बेहारेको बेंगलुरु ४ अंकका साथ तेस्रो स्थानमा छ । बेंगलुरुले पहिलो खेलमा कोलकातालाई पराजित गरेको थियो । बेंगलुरुले दोस्रो खेलमा चेन्नईलाई १७ वर्ष पछि उसको घरेलु मैदान चेपकमा हराएको थियो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.