8 months ago
April 8, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले आज चेन्नई सुपर किंग्सलाई जितको लागि २ सय २० रनको चुनौती दिएको छ।
महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १९ रन बनायो।
ओपनर प्रियांन्स आर्यले कीर्तिमानी रन जोडे। उनी क्रिजमा जमे। अन्य खेलाडीले उनलाई साथ समेत दिन सकेनन्। पहिलो पावर प्लेको समाप्तिमा पन्जाबले ७५ रन बनाएपनि ३ विकेट गुमाइसकेको थियो।
दोस्रो देखि छैटौं क्रमका ५ ब्याटरले दोहोरो रन छुन सकेनन्। ८३ रन जोड्दा ५ विवेट झरिसकेको थियो। प्रियान्स एक्लै क्रिजमा टिके र विष्फोटक ब्याटिङ गरे।
प्रियान्सले ३९ बलमा नै शतक बनाउने क्रममा ७ चौका र ९ छक्का प्रहार गरे। उनी आइपिएलमा छिटो शतक बनाउने भारतीय खेलाडी बने।
सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान युसुफ पठानको नाममा रहेको छ। उनले सन् २०१० मा ३७ बलमा शतक प्रहार गरेका थिए।
प्रियान्स यो सिजन शतक बनाउने दोस्रो ब्याटर हुन्। यसअघि सनराइजर्स हैदराबादका ईशान किशनले शतक बनाएका थिए।
प्रियान्स ४२ बलबाट १ सय ३ रनको तारिफयोग्य इनिङ्स खेल्दै नुर अहमदको बलमा आउट भए। त्यसपछि सशांक सिंह र मार्को जानसेनले सातौं विकेटको लागि ६५ रनको अविजित साझेदारी गरे।
सशांकले अर्धशतक बनाए। उनले ३६ बलमा अविजित ५२ र मार्कोले अविजित ३४ रन बटुले। बलिङमा चेन्नईका खालिद अहमद र रविचन्द्र आश्विनले समा २ विकेट लिए।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]