8 months ago
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु–१९ विश्वकप एसिया छनौटमा ओमानले नेपाललाई जितको लागि १ सय १८ रनको चुनौति दिएको छ।
माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटियो।
ओमानका तेस्रो क्रमका जित ब्रजेश शाह बाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। उनले अर्धशतक प्रहार गरे। ७८ बल खेल्दै ६ चौकाको मद्दतले ५२ रन जोडे। सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाए।
ओमानका खेलाडीहरुले निराशाजनक ब्याटिङ गरे। कुनै पनि समय ठूलो साझेदारी बन्न सकेन। ८ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन।
ओमान निरिह बनाउन युवराज खत्रीले सानदार बलिङ गरे। ७ ओभर बलिङ गर्दै २ मेडन सहित मात्र १५ रन खर्चेर ५ विकेट लिए। सन्तोष यादवले २ विकेट लिए।
नेपालले हिजो पहिलो खेलमा युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराएको थियो। ओमानलाई अफगानिस्तानले ८ विकेटको फराकिलो अन्तरमा हराएको थियो।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]