default_image

9 years ago

February 28, 2017

दोश्रो अभ्यास खेलमा नेपालको जित

136 views

0 Bookmark

नोयडा (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोश्रो अभ्यास खेलमा राजवडा क्रिकेट क्लबलाइ ८३ रनले पराजित गरेको छ पहिलो खेलमा राजवडासंग ४७ रनको हार व्यहोरेको नेपालले आज सुधारिएको प्रदर्शन गरेको थियो। पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा २४७ रन जोडेको थियो।

nepal-cricket-national-team-noida-tour-2-8

टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको राजवडालाई पहिलो सफलता प्राप्त गर्न २२औं ओभरसम्म प्रतिक्षा गर्नुपर्यो। अघिल्लो खेलका ओपनर आशिफ शेखको स्थानमा आएका सुनिल धमला ७२ बलमा ४४ रन बनाउदै पहिलो विकेटका रुपमा पेभेलियन फर्केका थिए। उनले कप्तान ज्ञानेन्द्र मल्लसंग ९३ रनको साझेदारी गरेका थिए। पहिलो खेलमा सस्तैमा आउट भएका शरदले ब्याटिङ क्रममा माथि चढ्दै तेश्रो नम्बरमा आएपनि मात्र ७ रन जोड्न सके। सागर पुनले १७ रन बनाए भने महबुब आलमले १७ बलमा २ चौका र २ छक्काको मद्दतले ३० रनको योगदान दिए।

पछिल्लो खेलमा शतक प्रहर गरेका कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले ९५ रन बनाए। चौथो विकेटका रुपमा पेभेलियन फर्कनुअघि उनले ११५ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गरेका थिए। बिनोद भण्डारी ‘गोल्डेन डक’आउट भए भने दिपेन्द्र सिंह ऐरीले २ रनमात्र जोडे। अलराउण्डर आरिफ शेख २४ रनमा अविजित रहे भने बसन्त रेग्मी १२ रन बनाएर अन्तिमसम्म क्रिजमा रहे।

२४८ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले पहिलो विकेट रनआउटमा गुमेको थियो। एक समय ६३/५ को स्थितिमा रहेको राजवडाको लागि पाँचौ नम्बरमा ब्याटिङ गरेका मधुर खत्रीले सर्वाधिक ४२ रन जोडेका थिए। अन्य कुनै ब्याट्सम्यानले ठुलो स्कोर बनाउन नसकेपछि राजवडा ३७.३ ओभरमा मात्र १६४ रन जोड्दै अलआउट भयो। नेपालका लागि सन्दिप लामिछाने, सागर पुन र सोमपाल कामिले २/२ विकेट लिए भने करण केसी र अभिनाश कर्णको नाममा १/१ विकेट रह्यो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.