8 months ago
April 27, 2025
एजेन्सी – ओपनर रायन रिकोन्टन र सूर्यकुमार यादवको अर्धशतकमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई २ सय १६ रनको चुनौती पेश गरेको छ।
लेखनउले टस जितेर फिल्डिङ रोजेको थियो। मुम्बईले ७ विकेटको नोक्सानीमा २ सय १५ रन बनाएको छ ।
पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका ओपनर रोहित शर्मा १२ रन बनाएर आउट भए । अर्का ओपनर रायनले टोलीका लागि सर्वाधिक ५८ र सूर्य कुमारले ५४ रनको योगदान दिए।
रायनले ३२ बलमा ६ चौका र ४ छक्का तथा सूर्यकुमारले २८ बलमा समान ४ छक्का र चौका प्रहार गरे। विल ज्याक्सले २९, निमन धिरले २५, कर्विन बोस्चले २० रन जोडे।
लखनउका मयंक यादव र आभेष खानले समान २ तथा प्रिन्स यादव, दिगवेश राठ्ठी र रवि विष्नोईले समान १ विकेट लिए।
९ खेलमा समान १० अंक जोडेका मुम्बई पाँचौं र लखनउ छैटौं स्थानमा छ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]