8 months ago
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ।
आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ।
‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग एकदिवसीय र टि-ट्वान्टी खेलहरू खेल्ने तालिका रहेको छ।
नेपालले मे १६ मा शुक्रवारका दिन कार्डिफ विश्वविद्यालय विरुद्ध कार्डिफमा पहिलो एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुवात गर्नेछ। यसपछि मे १९ तारिखमा एमसीसी (मेरिलबोन क्रिकेट क्लब) विरुद्ध हेरेफोर्डशायरमा दोस्रो एकदिवसीय खेल हुनेछ।
भ्रमणको क्रममा मे २२ तारिखमा नेपालले एकै दिन ग्लोसेस्टरशायर विरुद्ध दुई टी–ट्वान्टी खेल खेल्नेछ।यसपछि नेपालले मे २६ तारिखमा ग्लामोर्गन विरुद्ध ग्लामोर्गनमै एकदिवसीय खेल खेल्ने तय भएको छ।
तीन एकदिवसीय र दुई दुई टि ट्वान्टी खेल खेलेर नेपाल स्कटल्याण्ड जानेछ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले मे २९ र ३१ तारिखमा स्कटल्यान्डको ‘ए’ टिमसँग दुई एकदिवसीय खेल खेल्नेछ।
यसपछि आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिजमा नेपालले स्कटल्यान्ड र नेडरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ।
लिग टु मा नेपालले संघर्ष गरिरहेको छ। १२ खेलबाट ६ अंक बनाउँदै अंक तालिकाको सातौं स्थानमा रहेको छ।नवनियुक्त प्रशिक्षक स्टुवार्ट लको लागि नेपाली टिमसँग यो पहिलो भ्रमण हुनेछ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]