default_image

7 months ago

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

1845 views

0 Bookmark

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्।

बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्।

विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् ।

भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण आइपिएलको खेल तालिका फेरबदल गरिएपछि जसले अन्तिम चरणहरू इंग्ल्याण्डको सिरिजसँग जुधेको छ।

आइपिएल शनिबार पुनः सुरु हुँदैछ। प्लेअफ खेलहरू २९ मेबाट सुरु हुनेछन् र फाइनल खेल ३ जुनमा हुनेछ।
विकेटकिपर बटलर समूह चरणको अन्तिम खेलहरूका लागि भारत जानेछन् । त्यसपछि २९ मेमा हुने पहिलो एकदिवसीय खेलका लागि इंग्ल्याण्ड फर्कनेछन्।

जेकब बेटेल रोयल च्यालेन्जर्स बैंगलुरु‌ र विल ज्याक्स मुम्बई इन्डियन्सका आइपिएलबाट लागि खेलिरहेका छन् । उनीहरुको तालिका पनि बटलरकै जस्तै हुने अपेक्षा गरिएको छ।

जोफ्रा आर्चर र जेमी ओभरटन इंग्ल्याण्डको एकदिवसीय टोलीमा परेका अन्य २ आइपिएल खेलाडी हुन् ।उनीहरुका फ्रेन्चाइजहरू प्लेअफका लागि छनोट हुन नसक्ने भएकाले भारत फर्कने सम्भावना कम छ।

इंग्ल्याण्डले वेस्ट इन्डिजसँग तीन एकदिवसीय सिरिज र त्यसपछि तीन खेलको टि ट्वान्टी सिरिज खेल्नेछ । ६ जुनमा सिरिज सुरु हुनेछ।

आइपिएलको शीर्ष स्थानमा रहेको गुजरातले प्लेअफमा पुग्नका लागि बाँकी ३ खेलमध्ये केवल एक जित आवश्यक छ।

श्रीलंकाका ब्याट्सम्यान कुसल मेंडिसलाई बटलरको विकल्पका रुपमा टाइटन्सले अनुबन्ध गर्ने सम्भावना देखिएको छ। टाइटन्सको अन्तिम समूह चरणको खेल २५ मेमा हुनेछ।

दोस्रो स्थानमा रहेको आरसिबी पनि प्लेअफमा स्थान सुरक्षित गर्न बाँकी ३ मध्ये १ खेल जित्नुपर्नेछ।
इंग्ल्याण्डका अलराउन्डर लियम लिभिङस्टोन र विकेटकिपर फिल साल्ट पनि आइपिएल पुनः सुरु भएसँगै आरसिबीमा फर्किएका छन्।

लिभिङस्टोनलाई इंग्ल्याण्डको टोलीबाट निकालिएको छ ‌‌। साल्ट केवल टि ट्वान्टी टोलीमा छन्। यो एकदिवसीय सिरिज बटलरको स्थानमा ह्यारी ब्रुक इंग्ल्याण्डको कप्तान बनेपछिको पहिलो सिरिज हुनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.