default_image

7 months ago

May 26, 2025

पञ्जाबलाई प्रतिस्पर्धात्मक लक्ष्य

719 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

राजस्थानको जयपुरमा रहेको सवाइमान सिंह क्रिकेट स्टेडियममा टस जितेर पञ्जाबले फिल्डिङ रोज्यो । पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रनको बनाएको छ।

मुम्बईका सूर्यकुमार यादवले अर्धशतकको योगदान गरे।सूर्यकुमारले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५७ रन जोडे । कप्तान हार्दिक पाण्ड्याले १५ बलमा २ चौका र २ छक्कासहुत २६ रन जोडे ।

ओपनर रायन रिकल्टन २७ तथा अर्का ओपनर रोहित शर्मा २४ रनमा आउट भए । विल ज्याक्स ८ बलमा १७, नमन धिरले १२ बलमा २० आउट भए ।

पञ्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित ब्रारले १ विकेट लिए ।

यो खेलमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा स्थान पक्का गर्नेछ । पराजित हुने टोलीले इलिमिनेटरमा खेल्नु पर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.