default_image

7 months ago

June 1, 2025

नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन

4353 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको दोस्रो अभ्यास खेल नतिजाविहीन भएको छ ।

शनिबार स्कटल्याण्डमा दोस्रो इनिङमा निरन्तर वर्षा भए पछि खेल नतिजाबिहिन हुन पुगेको हो । पहिलो अभ्यास खेलमा लज्जास्पद प्रदर्शन गरेको नेपालले दोस्रो अभ्यास खेलमा भने सुधारिएको प्रदर्शन गरेको थियो ।

२ सय ५४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ‘ए’ ले १३ ओभरमा ३ विकेट गुमाउँदै ६४ रन बनाएकाे अवस्थामा वर्षा सुरू भएको थियो । वर्षा भारी बन्दै गएपछि खेल नतिजाविहीन रुपमा सकिएको हो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै २ सय ५३ रन बनाएको थियो । पहिलो खेलमा लज्जास्पद ब्याटिङ गरेको नेपालका लागि यस खेलमा कप्तान रोहितकुमार पौडेलसहित तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए ।

गुलशन झाले ४७ बलमा ३ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ६४ रन बनाए । कप्तान रोहितले ७० बलमा ५ चौका र १ छक्काको सहयोगमा ६१ रन बनाए । भीम सार्की ५७ बलमा ७ चौका र १ छक्कासहित ५७ रनमा आउट भए । ओपनर कुशल भुर्तेल ३१ रनमा आउट हुँदा सन्दीप लामिछाने १७ रनमा अविजित रहे ।

स्कटल्यान्ड ‘ए’ का जेम्स डकिनसन, मैन र डेभिडसनले समान २ विकेट लिए । पहिलो खेलमा नेपालले १ सय २ रनको लज्जास्पद हार बेहोरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.