default_image

7 months ago

June 2, 2025

महिला ओडिआई विश्वकप भारत र श्रीलंकामा हुने

1005 views

0 Bookmark

एजेन्सी – महिला ओडिआई विश्वकपको १३औं संस्करण भारत र श्रीलंकाले संयुक्तरुपमा आयोजना गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सोमवार विश्वकप आयोजना स्थल र मिति घोषणा गरेको हो । विश्वकप सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म चल्नेछ । विश्वकपका खेल भारत र श्रीलंकाका ५ ठाँउमा हुनेछन् ।

विश्वकपका खेलहरु भारतको एम. चिन्नास्वामी स्टेडियम (बेङ्गलुरु), एसीए स्टेडियम (गुवाहाटी), होल्कर स्टेडियम (इन्दोर), एसीए-भिडीसीए स्टेडियम (विशाखापट्टनम) तथा श्रीलंकाको आर. प्रेमदासा स्टेडियम (कोलम्बो) मा हुनेछ ।

पहिलो सेमिफाइनल अक्टोबर २९ मा गुवाहाटी वा कोलम्बोमा हुनेछ । दोस्रो सेमिफाइनल अक्टोबर ३० मा बेङ्गलुरुमा खेलिनेछ।

त्यसपछि दुई फाइनलिस्टहरूले उपाधि निर्णायकको तयारी गर्न कम्तिमा दुई दिन पाउनेछन् । फाइनल नोभेम्बर २ मा बेंगलुरु वा कोलम्बोमा हुनेछ ।

महिला विश्वकपमा ८ देशको सहभागिता रहनेछ । जमसा दुई आयोजक भारत, श्रीलंकासहित अष्ट्रेलिया, इङ्गल्याण्ड, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, बंगलादेशले र पाकिस्तान छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.