default_image

7 months ago

June 2, 2025

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

5700 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याटर करण केसीले विष्फोटक ब्याटिङ गरेपछि नेपालले सोमवार आइसिसी विश्वकप लिग टु मा स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ ।

स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा नेपालले घरेलु टोलीमाथि १ विकेटको सनसनीपूर्ण जित निकाल्यो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो ।

नेपाललाई जितका लागि अन्तिम बलमा १ रन आवश्यक थियो । मार्क वाटले अन्तिम बल वाइड फालेपछि नेपालले लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेल जित्यो ।

अन्तिम बलमा करण सिंगल लिन दौडिदा विकेटकिपरले रिजन ढकाललाई रनआउट गरेपनि अम्पायरले वाइड दिएपछि नेपालले विजयी भयो।

करणले नटआउट रहँदै अर्धशतक बनाए । ४१ बलमा ३ चौका र ४ छक्कासहित ६५ रन जोडे । त्यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएर टोलीलाई राम्रो सुरुवात दिलाए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे ।

कुशलले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे । आसिफ ३३ बलमा २ चौकासहित २० रन बनाए ।

गुलशन कुमार झाले ३० बलमा ३ चौका र ३ छक्काका सहयोगमा ४२ रन जोडे । टोलीका लागि सामूहिक प्रदर्शन गर्नेमा भीम सार्कीले ४८ बलमा ३ चौकासहित ४० तथा कप्तान रोहित कुमार पौडेल ५६ बलमा ३७ रन थपे ।

स्कटल्याण्डका ब्रेण्डन मक्कमलेनले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए ।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोज्यो। घरेलु टोलीले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनायो ।

टोलीका चार्ल्स टिएरले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे । करणले ८० रनमा खेलिरहेका उनलाई विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराए ।

फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्कासहित ५५ रन बनाए । उनी अन्तिम ओभरमा सोमपाल कामीको बलमा आउट भए ।

कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए । बेरिङ्टन करणकै बलमा विकेट किपर आसिफबाट समातिए ।

म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रन बनाए । क्रस सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोडे । लिस्क रिजनको बलमा भीमबाट क्याच भए ।

ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । सोमपालले उनलाई बासिर अहमदबाट क्याच गराए।

रिजनले १२ रन बनाएका ओपनर जर्ज मुन्सीको विकेट लिए। मुन्सी लामो सटको प्रयासमा सोमपालबाट समातिए।

नेपाली टोलीका सोमपाल , करण र रिजनले समान २ तथा सन्दीपले १ विकेट लिए ।

जितपछि लिग टुको अंक तालिकामा नेपाल पुछारबाट सातौं स्थानमा उक्लिएको छ। नेपालको १३ खेलमा ८ अंक छ । ८ टोली रहेको लिग टु मा १७ खेलमा २० अंकका साथ स्कटल्याणड चौथो स्थानमा छ ।

विश्वकप लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको समाप्तिमा शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन् ।

पुछारमा रहने ४ टोलीले विश्वकप छनोट प्लेअफ खेल्नु पर्नेछ। त्रिकोणात्मक सिरिजमा अर्को टोली नेदरल्याण्ड्स छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.