default_image

7 months ago

June 3, 2025

च्याम्पियन बन्न पञ्जाबलाई प्रतिस्पर्धात्मक लक्ष्य

762 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले पञ्जाब किंग्सलाई १ सय ९१ रनको लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो।

आरसिबीका पूर्व कप्तान विराट कोहोलीले सर्वाधिक ४३ रन जोडे । उनले ३५ बलमा ३ चौका प्रहार गरे । कप्तान रजत पाटीदार १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । मंयक अग्रवाल १८ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन थपे ।

ओपनर फिल साल्ट ९ बलमा १६, लियम लिविङ्स्टोन १५ बलमा २५, जितेश शर्मा १० बलमा २४ तथा रोमारिया शेफर्ड १७ रनमा आउट भए ।

पञ्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ तथा अजमतुल्लाह उमरजाई, विजय कुमार वैशाख र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

लिग चरणमा पञ्जाब पहिलो र ‌आरसिबी दोस्रो स्थानमा रहेका थिए । यी दुई टोली पहिलो क्वालिफायर खेलेका थिए । जसमा पञ्जाबलाई हराउँदै आरसिबीले फाइनलमा पुगेको थियो । पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै पुनः आरसिबीसँगको भेट पक्का गरेको थियो ।

आइपिएलको जारी १८औं संस्करणमा आरसिबी र पञ्जाबबीच यो चौथो भेट हो । यसअघिका ३ भेटमा २ पटक आरसिबी र १ पटक पञ्जाब विजयी भएको थियो ।

पञ्जाब र आरसिबी जो‌ जितेपनि पहिलो पटक च्याम्पियन बन्नेछ । यस फाइनल पश्चात आइपिएलले ८औं च्याम्पियन टिम पाउने छ । यसअघि ७ टोलीले आइपिएल जितेको छ।

आरसिबी चौथो पटक फाइनल खेल्दैछ । यसअघि फाइनलमा सन् २००९ मा डेक्कन चार्जससँग ६ रन, सन् २०११ मा चेन्नई सुपर किंग्ससँग र सन् २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

आरसिबीले पछिल्लो फाइनल खेलेका विराट कोहली मात्र अहिलेको टोलीमा छन् । पञ्जाब दोस्रो पटक फाइनलमा खेल्दैछ। २०१४ को फाइनलमा पञ्जाबलाई कोलकाता नाइटराइडर्सले हराएको थियो । त्यो फाइनल खेलेका कुनै खेलाडी अहिले पञ्जाब टोलीमा छैनन् ।

आरसिबी र पञ्जाबबीच हालसम्म ३६ खेल भएको छ । पञ्जाब र आरसिबी समान १८ खेलमा विजयी भएको छ। नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आरसिबी र पञ्जाबबीच यसअघि १ खेल भएको थियो । २०२१ मा भएको त्यो खेलमा पञ्जाब ३४ रनले विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.