default_image

7 months ago

June 4, 2025

म्याक्स सिसीले क्यानाडामा एनसिसिसी कप खेल्ने

712 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युकेको नेपाली क्लब म्याक्स क्रिकेट क्लबले क्यानडामा आयोजना हुने नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसिसिसी) कपमा पहिलो पटक भाग लिने भएको छ ।

क्यानडाको टोरन्टोमा अगस्ट ९ र १० (साउन २४ र २४ गते) मा आयोजना हुने एनसिसिसी कप २०२५ म्याक्स सिसी प्रतिस्पर्धा गर्ने भएको हो । म्याननी गुरुङले एनसिसिसीको कप्तानी गर्नेछन्।

म्याक्स सिसीबाट युकेसहित अष्ट्रेलिया र न्युजिल्यान्डमा खेलिसकेका खेलाडीले खेल्ने बताइएको छ। म्याननी भने, ‘यो मेरयो नयाँ यात्राको‌ सुरुवात हो । विदेशमा रहेका प्रतिभावान नेपाली क्रिकेट खेलाडीलाई अवसर दिने प्रयासमा छौं ।’

एनसिसिसी कप डिक्सी – ४०७ क्रिकेट मैदानमा हुनेछ। टि ट्वान्टी लिग ढाँचामा खेलाइने प्रतियोगितामा अमेरिका ,क्यानडा र युकेका गरि ८ वटा टोलीको सहभागिता रहने बताइएको छ।

प्रतियोगिताको विजेताले ५ र दोस्रो टोलीले २ हजार क्यानाडियन डलर प्राप्त गर्नेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.