default_image

6 months ago

June 8, 2025

पाँचपोखरी टि२०को सातौं संस्करण हुँदै

289 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा हरेक वर्ष हुँदै आएको पाँचपोखरी टि२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको सातौं संस्करण जेठ २७ देखि हुने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको ७ टोलीको सहभागिता रहने प्रतियोगिता जेठ २७ देखि असार २ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना हुने आज एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई विगतका संस्करणझैं यसपटक पनि ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट बलर र ब्याटरले ३ महिना निशुल्क प्रशिक्षण पाउनेछन् । यस्तै आयोजकले छनोट गरेका ३ उत्कृष्ट खेलाडीलाई एन्जल्स स्पोर्ट्स एकेडेमीले ३-३ महिना प्रशिक्षण सुविधा दिने भएको छ ।

विगतमा सिन्धुपाल्चोकका खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रावधान रहेपनि यसपटक भने केही लचकता अपनाइएको छ । यस संस्करणबाट बागमती प्रदेशबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरेर प्रदेश र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका २ खेलाडीलाई टिममा समावेश गर्न पाइनेछ । यस कदमले सिन्धुपाल्चोक जिल्लाको प्रतिभा तिखार्न र खेल संस्कारको विकास हुने विश्वास आयोजकले राखेको छ ।

प्रतियोगिताको सुरुवाती ३ संस्करण स्थानीय पाँचपोखरी थाङपाल गाउँपालिकामै भएको थियो भने पछिल्ला ३ संस्करण भने मुलपानी क्रिकेट मैदानमा भएको थियो । यसपटक टियु मैदानमा खेल हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.