default_image

6 months ago

June 8, 2025

पाँचपोखरी टि२०को सातौं संस्करण हुँदै

286 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा हरेक वर्ष हुँदै आएको पाँचपोखरी टि२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको सातौं संस्करण जेठ २७ देखि हुने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको ७ टोलीको सहभागिता रहने प्रतियोगिता जेठ २७ देखि असार २ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना हुने आज एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई विगतका संस्करणझैं यसपटक पनि ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट बलर र ब्याटरले ३ महिना निशुल्क प्रशिक्षण पाउनेछन् । यस्तै आयोजकले छनोट गरेका ३ उत्कृष्ट खेलाडीलाई एन्जल्स स्पोर्ट्स एकेडेमीले ३-३ महिना प्रशिक्षण सुविधा दिने भएको छ ।

विगतमा सिन्धुपाल्चोकका खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रावधान रहेपनि यसपटक भने केही लचकता अपनाइएको छ । यस संस्करणबाट बागमती प्रदेशबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरेर प्रदेश र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका २ खेलाडीलाई टिममा समावेश गर्न पाइनेछ । यस कदमले सिन्धुपाल्चोक जिल्लाको प्रतिभा तिखार्न र खेल संस्कारको विकास हुने विश्वास आयोजकले राखेको छ ।

प्रतियोगिताको सुरुवाती ३ संस्करण स्थानीय पाँचपोखरी थाङपाल गाउँपालिकामै भएको थियो भने पछिल्ला ३ संस्करण भने मुलपानी क्रिकेट मैदानमा भएको थियो । यसपटक टियु मैदानमा खेल हुनेछ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.