default_image

6 months ago

June 8, 2025

नेपाल १५ ओभरदेखि विकेटविहिन

1047 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डविरुद्ध नेपाल १५ ओभरदेखि विकेटविहिन बनेको छ ।

स्कटल्याण्डले ५.४ ओभरमा २५ रनमा दोस्रो विकेट गुमाएको थियो । तर, पछिल्लो १५ ओभरमा ९२ रन थप्दै गर्दा कुनै विकेट गुमाएको छैन । स्कटल्याण्डले २२ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १ सय १७ रन बनाएको छ ।

नेपालविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको घरेलु टोली स्कटल्याण्डले पहिलो पावर प्ले (१० ओभर) को समाप्तीमा ४४ रन बनाउँदै महत्वपुर्ण २ विकेट गुमाएको छ ।

नेपालका लागि दोस्रो ओभरको पाँचौ बलमा पहिलो सफलता मिलेको थियो । तीव्र गतिका बलर करण केसीले शुन्य रनमा स्कटल्याण्डका जर्ज मुन्सीलाई आउट गराएका थिए ।

नेपाललाई दोस्रो सफलता करणले नै दिलाएका थिए । करणले छैठौं ओभरको चौथो बलमा ब्रेण्डन मकमलनलाई ५ रनमा आउट गराएका थिए ।

सोमबार भएको भेटमा करण केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले स्कटल्याण्डलाई १ विकेटले रोमाञ्चक तबरले हराएको थियो ।

स्कटल्याण्डका लागि अहिले क्रिजमा चार्ली टियर र कप्तान रिचि बेरिङ्टन रहेका छन् । टियरले नेपालविरुद्ध लगातार दोस्रो अर्धशतक बनाउँदै ६७ रन जोड्दा कप्तानले ३९ रन बनाएर उनको साथ दिइरहेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.