6 months ago
June 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको विशाल लक्ष्य दिएको छ ।
स्कटल्याण्डको डन्डीमा स्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको विशाल योगफल तयार गर्यो ।
स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले १ सय १४ बलमा ६ चौका र ४ छक्कासहित १ सय २ रनको योगदान गरे । बेरिङ्टन ४८औं ओभरको तेस्रो बलमा गुलशन झाबाट रन आउट भए ।
नेपालले ५.४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिँदै राम्रो सुरुवात गरेको थियो । तर, तेस्रो विकेटका लागि कप्तान बेरिङ्टन र चार्ली टेयरले ९४ रनको साझेदारी गरे ।
टेयरले ६५ बलमा ९ चौकाको सहयोगमा ६८ रन जोडे । चार्लीलाई स्पिन बलर ललित राजवंशीले आउट गराए । चार्ली २२ औं ओभरको पाँचौ बलमा आउट भए । त्यसपछि चौथो र पाँचौ विकेटका लागि खास साझेदारी बन्न सकेन ।
१७ रन जोडेका फिन्ले मक्रिथलाई दीपेन्द्र सिंह ऐरीले आफ्नै बलमा उत्कृष्ट डाइभ क्याच गर्दै पेभेलियन फर्काए । पाँचौ विकेटका रुपमा म्याथ्यु क्रस ३ रनमा आउट भए ।
तर, छैठौं विकेटका लागि कप्तान बेरिङ्टन र माइकल लिस्कले १ सय २५ रनको महत्वपूर्ण साझेदारी गरि टोलीलाई बलियो योगफलसम्म पुर्याए । लिस्कले ६२ बलमा १२ चौका र ३ छक्काको सहयोगमा अविजित ९६ रन बनाए ।
नेपाललाई पहिलो सफलता करण केसीले दिलाए । करणले शुन्यमा जर्ज मुन्सीलाई आउट गराए । दोस्रो सफलता पनि करणले नै दिलाए । उनले छैठौं ओभरको चौथो बलमा ब्रेण्डन मकमलनलाई ५ रनमा आउट गराए ।
नेपालले अरु खेलमा जस्तै डेथ ओभरमा धेरै रन खर्चियो। पछिल्लो १० ओभरमा १ सय २३ रन खर्चेर १ विकेट लियो । करण र दीपेन्द्रले समान २ तथा ललितले १ विकेट लिए ।
सिरिजमा नेपाल र स्कटल्याण्डले दुवैको यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।
८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ । नेपाल १४ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।
सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]