default_image

6 months ago

June 10, 2025

नेदरल्याण्ड्सले टस जित्यो, नन्दनको डेब्यु

2293 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालसँगको खेलमा नेदरल्याण्ड्सले टस जितेको छ ।

स्कटल्याण्डको डन्डीमा टस जितेर नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डसले बलिङ रोजेका हुन् । नेपालले पहिले ब्याटिङको गर्ने छ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो।

नेपालले घरेलु टोली स्कटल्याण्डसँग खेलेको टोलीबाट ३ परिवर्तन भएको छ । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको स्थानमा नन्दन यादव, बसिर अहमद र अनिल शाहले मौका पाएका छन् ।

नन्दनको ओडिआई यो डेब्यु खेल हो । गत महिना मात्र नन्दनले टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडिआई खेल्ने ४२औं खेलाडी हुन् ।

बसिरले पनि लामो समय पछि ओडिआई टोलीमा पुनरागमन गरेका हुन् । बसिरले पछिल्लो ओडिआई सन् २०२२ जुलाई १६ मा स्कटल्याण्डविरुद्ध खेलेका थिए ।

सिरिजका सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको हार बेहोरेको थियो। त्यो खेलमा नेपालले ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो। खेलमा हार बेहोरेको ३ सय २१ रन बनाउनु नेपालले ओडिआईमा बनाएको अहिले सम्म कै उच्च स्कोर थियो।

अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले उक्त खेल गुमाएको थियो । नेपाल जितका साथ सिरिजको अन्त्य गर्न चाहान्छ ।

८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

लिग टु का खेलहरु सकिएपछि असार १ (१५ जुन) गते यीनै तीन टोलीको सहभागितामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

नेपाली टोली

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), अनिल साह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित नारायण राजवंशी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.