6 months ago
June 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मधेश प्रदेशले टिबी साह मेमोरियल राष्ट्रिय यु-१६ प्रतियोगितामा लुम्बिनीलाई हराएको छ ।
सुर्खेतमा मंगलवार मधेशले लुम्बिनी प्रदेशलाई २ विकेटले हरायो । १ सय २७ रनको लक्ष्य मधेशले २५.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
मधेशका सन्तु मण्डलले १७ बलमा ४ छक्काको सहयोगमा सर्वाधिक २८ रन जोडे । आयान मुखिया २३, महि यादव १५ तथा सुसान्त सिंह १२ रनमा आउट भए ।
लुम्बिनीका लागि सुभम खनाल र प्रिन्स पालले समान ३ तथा लक्ष्मण कुमालले १ विकेट लिए ।
त्यसअघि विरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले ब्याटिङ रोजेकोमा ३१.३ ओभरमा १ सय २६ रनमा समेटिएको थियो ।
लुम्बिनीका लागि रौनक श्रीवास्तवले ३८ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ४० रन जोडे । केशव विष्टले ५२ बलमा २५ रन जोड्नु बाहेक लुम्बिनीका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
समूह चरणको अन्तिम खेल खेलेको मधेश ६ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । मधेशले शीर्ष २ मा रहेर फाइनल खेल्ने सम्भावना पनि बलियो बनाएको छ । लुम्बिनीको ४ खेलमा ४ अंक रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]