default_image

6 months ago

June 10, 2025

पाँचपोखरी क्रिकेट – आयोजक र हिमालयनको विजयी सुरुवात

521 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट प्रतियोगितामा आयोजक टोली र पाँचपोखरी हिमालयन क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा मंगलवार पाँचपोखरी क्रिकेट क्लबले द मिग्ते साँगाचोक क्लबलाई ६३ रनले पराजित गर्यो । १ सय ३६ रनको लक्ष्य पछ्याएको साँगाचोकले १६.४ ओभरमा ७२ रनमा सबै विकेट गुमायो ।

साँगाचोकका लागि सुमन चौलागाईं र प्रतिक श्रेष्ठले समान १३ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाँचपोखरीका कप्तान सार्थक धितालले २ तथा विजयकुमार धिताल, भुवन खड्का, रोशन विक, मनोज खड्का तथा निशान्त धितालले समान १ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार गर्यो ।

पाँचपोखरीका रोशन विकले ४८ तथा बुद्धि तामाङले ३९ रन जोडे । साँगाचोकका लागि सुमन चौलागाईंले ४ तथा मनिष पराजुली, उद्धब तिमिल्सिना र निकेश श्रेष्ठले समान १ विकेट लिए ।

यस्तै आजै भएको अर्को खेलमा पाँचपोखरी हिमालयन क्लबले साँगाचोक युथ क्लबलाई १ विकेटले पराजित गर्यो । १ सय ४ रनको लक्ष्य हिमालयनले १९.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

हिमालयनका लागि कर्मा तामाङले २१ तथा सानी तामाङले १४ रन जोडे । साँगाचोकका रित गौतमले ३, सौरव सखाकर्मी र रवि श्रेष्ठले समान २ तथा राज नेपालीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साँगाचोकले १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन जोडेको थियो । साँगाचोकका लागि सौरब सखाकर्मीले ७४ रन बनाउँनु बाहेक अन्यले दोहारो अंकमा रन बनाउँन सकेनन् ।

हिमालयनका लागि अभिनास तामाङ र सनी तामाङले समान ३ तथा कप्तान दावा लामा र पेम्बा तामाङले समान १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.