6 months ago
June 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले टिबी साह मेमोरियल यु १६ क्रिकेटमा गण्डकीमाथी जित हासिल गरेको छ ।
सुर्खेतमा बुधबार सम्पन्न खेलमा गण्डकीलाई सुदूरपश्चिम प्रदेशमाथि ७ विकेटको जित हासिल गर्यो । १ सय ४३ रनको लक्ष्य सुदूरपश्चिमले २१.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा ओपनर बिक्रम बोहराले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५७ रन जोडे । भाष्कर जोशी ६० बलमा ७ चौकाको सहयोगमा ४६ रनमा अविजित रहे ।
गण्डकीका लागि रिदम पाण्डे, सुशिल भुषाल र कप्तान सुप्रिम सुनारले समान १ विकेट लिए ।
त्यसअघि विरेन्द्रनगर क्रिकेट मैदान सुर्खेतमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४७.१ ओभरमा १ सय ४२ रनमा अल आउट भयो ।
गण्डकीका लागि करन गैरे ५६ बलमा २ चौकाको सहयोगमा सर्वाधिक २७ रन जोडे । ओपनर रोज श्रेष्ठले ३४ बलमा ५ चौकाको सहयोगमा २५ रन जोडे ।
सुदूरपश्चिमका लागि सुशिल रावलले ३, राहुल साउद र हिमाल धौलियाले समान २ तथा कप्तान सचिन भट्ट र सुबोध तिवारीले समान १ विकेट लिए ।
जितपछि सुदूरपश्चिम ५ खेलमा ४ अंकका साथ ४ अंकका साथ पाँचौ स्थानमा छ । पाँच खेलमा अंकबिहिन रहेको गण्डकी पुछारमा रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]