default_image

6 months ago

June 12, 2025

विश्व टेस्ट च्याम्पियनसिप – पहिलो दिन बलर हाबी

1240 views

0 Bookmark

एजेन्सी – विश्व टेस्ट च्याम्पियनसिपको‌ पहिलो दिन बलर रहे । पहिलो इनिङमा अस्ट्रेलियालाई २ सय १२ रनमा अलआउट गराएको दक्षिण अफ्रिका जवाफी ब्याटिङमा संघर्ष गर्नुपरेको छ।

दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले ४३ रन जोड्दा ४ विकेट गुमाइसकेको छ। तीव्र बलर कगिसो रबाडाले चिया ब्रेकपछि छोटो समयमा अष्ट्रेलियालाई २ समय १२ रनमै समेट्न मुख्य भूमिका खेले। उनले ५ विकेट लिए।

६६ रन बनाएका स्टिभ स्मिथले र ७२ रन बनाएका बिउ वेब्स्टरले पाँचौं विकेटका लागि ७९ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई ६७-४ को संकटपूर्ण अवस्थामा जोगाएका‌ थिए ।

तर अन्तिम ५ खेलाडीले जम्मा १८ रन मात्र थप्न सकेका‌ थिए । रबाडाको अनुशासित र कुशल बलिङका अगाडि अष्ट्रेलियियन टोली निरीह देखियो।

रबाडा हालै एक मनोरञ्जनात्मक लागूपदार्थ सेवनको कारण छोटो प्रतिबन्ध भोगेका थिए । त्यस कारण उनीमाथि केही आशंका थियो।

यद्यपि, यस खेलमा उनले लिएका विकेटहरूले उनलाई दक्षिण अफ्रिकाका सबैभन्दा धेरै टेस्ट विकेट लिने खेलाडीको सूचीमा महान एलन डोनाल्डलाई उछिन्दै चौथो स्थानमा पुर्‍याएको छ।

जवाफमा दक्षिण अफ्रिकाले ब्याटिङमा संघर्ष गर्नुपरेको थियो। अस्ट्रेलियन बायाँ हाते तीव्र बलर मिचेल स्टार्कले ओपनरहरू एडेन मार्कराम (०) र रायन रिकेलटन (१६) लाई सस्तोमा आउट गरे।

त्यसपछि कप्तान प्याट कमिन्सले वियान मुल्डर (६) लाई क्लिन बोल्ड गरेका थिए। जोश हेजलवुडले ट्रिस्टन स्टब्स (२) को डिफेन्स चिर्दै आउट गरेका थिए। तेम्बा बावुमा ३ र डेभिड बेडिङह्याम ८ दोस्रो दिन ब्याटिङ सुरु गर्नेछन्।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.