6 months ago
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – द माइटी साँगाचोक क्लब क्लब र मेलम्ची नगरपालिकाले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विहीबार जित दर्ता गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा माइटी साँगाचोकले साँगाचोक युथ क्लबविरुद्ध आठ विकेटको सहज जित निकाल्यो । साँगाचोकले प्रस्तुत गरेको ९७ रनको लक्ष्य माइटी साँगाचोकले ११.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
माइटी साँगाचोकका लागि आशोक पौडेलले ३७ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे ।टस जितेर ब्याटिङ रोजेको साँगाचोकले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो ।
साँगाचोकका लागि रित गौतमले ३६, कप्तान दिनेश श्रेष्ठले १९ र पारश पुरीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । माइटी साँगाचोकका लागि उत्सव तिमल्सिनाले तीन, सुमन चौलागाईं र मनिष पराजुलीले समान दुई तथा नवीन सापाकोटाले एक विकेट लिए ।
जितसँगै माइट तीन खेलमा चार अंक जोडेको माइट साँगाचोक शीर्ष स्थानमा छ । परासिजत साँगाचोक समान खेलबाट एक अंकका साथ पुछारमा छ ।
मेलम्चीले समूह ‘बी’मा सुखद सुरुवात गर्ने क्रममा भोटेचौर स्पोर्टस क्लबलाई २३ रनले हराएको छ । मेलम्चीले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याएको भोटेचौर १९.२ ओभरमा १ सय २३ रनमा समेटियो ।
भोटेचौरका लागि दुर्गेश थापाले ३७, कप्तान राजेश चौलागाईँले २६, निश्चल थापाले १९ र सुमित झाले १४ रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको मेलम्चीले १८. ५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो ।
मेलम्चीका लागि प्लेयर अफ द म्याच बनेका उत्तम थापामगरले २८ बलमा सात छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी रिन्जिङ लामाले ४५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]