default_image

6 months ago

June 13, 2025

स्कटल्याण्डमाथि नेदरल्यान्ड्सको कीर्तिमानी जित

7443 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्सले आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली स्कटल्याण्डमाथि ४ विकेटको कीर्तिमानी जित हात पारेको छ । जित्नलाई ३ सय ७० रनको विशाल लक्ष्य नेदरल्यान्ड्सले ४९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले १३० बलमा १३ चौका र ४ छक्कासहित १ सय ५८ रनको अविजित इनिङ खेले । उनको यो ओडीआई करिअरको पहिलो शतक हो । उनी नेदरल्यान्ड्सबाट ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटरर बनेका छन् । उनले वेस्ली ब्यारेसीले २०१४ मा केन्याविरुद्ध बनाएको १ सय ३७ रनको अविजित इनिंगको कीर्तिमान तोडेका हुन् ।

सन् २००६ मा दक्षिण अफ्रिकाले अष्ट्रेलियाविरुद्ध पूरा गरेको ४ सय ३५ रनपछि यो ओडीआई इतिहासकै ठूलो सफलतापूर्वक रन पूरा हो । म्याक्स बाहेक नेदरल्यान्ड्सका माइकल लेभिटले ४४, कप्तान स्कट एडवार्ड्सले ३२, वेस्ली ब्यारेसी १५, तेजा निणामानिरु ५१ र नोहा क्रसले ५० रनको योगदान दिए ।

स्कटल्यान्डका शफ्यान शरिफले ३, म्याकेन्जी जोन्स र मार्क वाटले १-१ विकेट लिए ।

त्यसअघि डण्डीमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६९ रन बनाएको थियो ।

स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले १५० बलमा १४ चौका र ११ छक्कासहित १ सय ९१ रनको कीर्तिमानी इनिङ खेले । तीव्र गतिका बलर भिभियन किंग्माको बलमा बोल्ड भएपछि उनी दोहोरो शतक पूरा गर्ने पहिलो एसोसिएट क्रिकेटर बन्न ९ रनले चुकेका थिए ।

स्कटल्यान्डका चार्ली टियर २३, ब्रेन्डन म्याकमुलेन २१, लियाम १४, म्याथ्यु क्रस ५९ र माइकल लिस्कले २९ रन जोडे । माइकल लेभिट र अर्यान दत्तले २-२ तथा भिभियन किंग्मा र रोेलेफ भान डर मर्वेले १-१ विकेट लिए ।

यस त्रिकोणात्मक सिरिजमा यसअघि नेदरल्यान्ड्स नेपालसँग १६ रन र ५ विकेट तथा स्कटल्याण्डसँग ४४ रनले पराजित भएको थियो । उता स्कल्यान्ड नेपालसँग पहिलो खेलमा १ विकेटले पराजित हुँदा दोस्रोमा २ रनले विजयी भएको थियो । यी तीन टोलीबीच अव टी२० आई त्रिकोणात्मक सिरिज हुनेछ । पहिलो खेल आइतबार स्कटल्याण्ड र नेदरल्यान्ड्सबीच हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.