6 months ago
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघको आयोजनामा सुर्खेतमा भइरहेको टिबी शाह स्मृति कप यु१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा आज बागमती र मधेश प्रदेश भिड्दैछन् ।
सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा बागमतीका कप्तान प्रसिद्ध जैशीले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । बागमती लिग चरणमा १० अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । बागमतीले लिगमा कर्णालीसँग मात्र हार बेहोरेको थियो ।
मधेश भने ४ जित र २ हारका साथ ८ अंक जोड्दै फाइनलमा प्रवेश गरेको थियो । समान ८ अंक जोडेको कोशीलाई नेट रनरेटमा पछि पार्दै मधेश फाइनलमा पुगेको हो । लिग चरणको खेलमा मधेश बागमतीसँग ३७ रन र सुदूरसँग ८ विकेटले पराजित भएको थियो ।
अंक तालिकामा कोशी तेस्रो, सुदूर र कर्णाली समान ६-६ अंककासाथ चौथो र पाँचौ, लुम्बिनी ४ अंकका साथ छैटौं र अंकविहिन गण्डकी सातौं स्थानमा रहेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]