default_image

6 months ago

June 14, 2025

फाइनलमा बागमती टस जितेर ब्याटिङ गर्दै

745 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघको आयोजनामा सुर्खेतमा भइरहेको टिबी शाह स्मृति कप यु१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा आज बागमती र मधेश प्रदेश भिड्दैछन् ।

सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा बागमतीका कप्तान प्रसिद्ध जैशीले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । बागमती लिग चरणमा १० अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । बागमतीले लिगमा कर्णालीसँग मात्र हार बेहोरेको थियो ।

मधेश भने ४ जित र २ हारका साथ ८ अंक जोड्दै फाइनलमा प्रवेश गरेको थियो । समान ८ अंक जोडेको कोशीलाई नेट रनरेटमा पछि पार्दै मधेश फाइनलमा पुगेको हो । लिग चरणको खेलमा मधेश बागमतीसँग ३७ रन र सुदूरसँग ८ विकेटले पराजित भएको थियो ।

अंक तालिकामा कोशी तेस्रो, सुदूर र कर्णाली समान ६-६ अंककासाथ चौथो र पाँचौ, लुम्बिनी ४ अंकका साथ छैटौं र अंकविहिन गण्डकी सातौं स्थानमा रहेका थिए ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.