6 months ago
June 14, 2025
सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
वीरेन्द्रनगरको कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो।
१ सय १३ रन लक्ष्य पछ्याएको मधेशले १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान मुखिया र सन्तु मण्डलले चौथो विकेटका नटआउट ४९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
आयनले ३३ बलमा ४ चौकासहित २९ रन बनाए । सन्तुले २२ बलमा ६ चौका र २ छक्कासहित ४३ रनको योगदान दिए ।
अर्का ओपनर सुशान्त सिंहले १२, परिमर्जन यादव र माहि यादवले समान ४ रन बनाए । बागमतीका प्रसिद्ध जैसीले २ र कमल शाहीले १ विकेट लिए।
त्यसअघि मधेशले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभर सबै १० विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो ।

बागमतीका ओपनर प्रसिद्धले २५ रन , रोहित ठाकुरले २२ रन बनाए। आशिष गुप्ताले १७ र अर्का ओपनर सूर्याश कोइरालाले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मधेशका रोहन यादवले ३, राजीवकुमार सदा र सलमान अली मंसुरीले समान २ विकेट लिए।
नेपाल क्रिकेट संघ (क्यान) को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा कर्णालीमा पहिलो पटक क्रिकेटको राष्ट्रिय प्रतियोगिता भएको हो ।
जेठ १९ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालित प्रतियोगितामा ७ वटा प्रदेशका टोलीको सहभागिता थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]