default_image

6 months ago

June 14, 2025

सोनुको अद्भुत अलराउन्ड प्रदर्शनमा मेलम्ची समूह विजेता

1542 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय गरे ।

शनिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अलराउन्डर सोनु देवकोटाले उत्कृष्ट प्रदर्शन गरेपछि मेलम्ची नगरपालिकाले हेलम्बु गाउँपालिकाविरुद्ध सात विकेटको जित निकाल्दै समूह विजेता बन्यो । बलिङमा ७ विकेट लिएका सोनुले ब्याटिङतर्फ पनि नटआउट ४१ रन जोडे ।

विगतमा सिन्धुपाल्चोकका खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रावधान रहेपनि यसपटक भने केही लचकता अपनाइएको हो । यस संस्करणबाट बागमती प्रदेशबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरेर प्रदेश र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका २ खेलाडीलाई टिममा समावेश गर्न पाइने प्रावधान थियो । सोनु त्यसै नियमअनुसार मेलम्चीको टिममा जोडिएका हुन् ।

हेलम्बुले प्रस्तुत गरेको ७६ रनको लक्ष्य मेलम्चीले ११.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । मेलम्चीका लागि सोनु देवकोटाले अविजित ४१, विनोद तामाङले अविजित २१ र कप्तान रिन्जिङ लामाले ११ रन बनाए । हेलम्बुका लागि विनोद तामाङले दुई र कृष कार्कीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको हेलम्बुले १५.१ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनको योगफल तयार पारेको थियो । हेलम्बुका लागि विवेक तामाङले ३२ र विनोद तामाङले २४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मेलम्चीका लागि सोनु देवकोटाले चार ओरभरमा १२ रन खर्चिएर सर्वाधिक सात विकेट लिए । यसैगरी रिन्जिन लामाले दुई र उत्तम थापामगरले एक विकेट हात पारे ।

प्रतियोगिता अन्तर्गत आइतबार विहान ९ बजे हुने सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर स्पोर्टस क्लब भिड्द दोस्रो सेमिफाइनलमा दिउँसो १ बजे मेलम्ची नगरपालिका र द माइटी साँगाचोकले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई विगतका संस्करणझैं यसपटक पनि ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट बलर र ब्याटरले ३ महिना निशुल्क प्रशिक्षण पाउनेछन् । यस्तै आयोजकले छनोट गरेका ३ उत्कृष्ट खेलाडीलाई एन्जल्स स्पोर्ट्स एकेडेमीले ३-३ महिना प्रशिक्षण सुविधा दिने भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.