6 months ago
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – मेलम्ची नगरालिका र पाँचपोखरी क्रिकेट क्लबले जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न सेमिफाइनल खेल वर्षाका कारण प्रभावित हुन पुग्यो । पहिलो सेमिफाइनल वर्षाका कारण रद्द भएपछि पाँचपोखरी क्रिकेट क्लब समूह विजेताको हैसियतले फाइनल प्रवेश गर्दा भोटेचौर स्पोर्ट्स क्लब भने बाहिरियो ।
दोस्रो सेमिफाइनल पनि मैदान भिजेका कारण ढिलो सुरु हुँदा १०-१० ओभरमा घटाइएको थियो । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको द माइटि साँगाचोक क्लबले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ८१ रन बनाएको थियो । ओपनर प्रतिक श्रेष्ठले २१ र अशोक पौडेलले ३३ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । अशोकले १० बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए ।
जवाफमा मेलम्चीले पनि १० ओभरमा ५ विकेटको क्षतिमा ८१ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलियो । मेलम्चीका ओपनर रिजिंग लामाले सर्वाधिक ३३ रन जोडेका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।
अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक हुँदा पहिलो बलमा चौका प्रहार गरेपनि त्यसपछि आवश्यक रन जोड्न सकेन । अन्तिम बलमा २ रन आवश्यक हुँदा १ रन मात्र लिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
मेलम्चीले सुपर ओभरमा १३ रन जोड्दा माइटि साँगाचोकले ११ रन मात्र जोड्न सक्यो । सेमिफाइनलमा प्लेयर अफ द म्याच चुनिएका अलराउन्डर सोनु देवकोटाले सुपर ओभरमा ब्याटिङ र बलिङ दुवैतर्फ राम्रो प्रदर्शन गरेर टोलीलाई जित दिलाए ।
फाइनल सोमबार टियु क्रिकेट मैदानमै हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई विगतका संस्करणझैं यसपटक पनि ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट बलर र ब्याटरले ३ महिना निशुल्क प्रशिक्षण पाउनेछन् । यस्तै आयोजकले छनोट गरेका ३ उत्कृष्ट खेलाडीलाई एन्जल्स स्पोर्ट्स एकेडेमीले ३-३ महिना प्रशिक्षण सुविधा दिने भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]