6 months ago
June 15, 2025
सुमन अधिकारी,बुटवल
साविक विजेता वेष्ट्रन क्रिकेट क्लबले रुपन्देहीको पुरानो क्लब स्तरीय प्रतियोगिता उजिर सिंह रनिङ सिल्ड टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वेष्ट्रनले गोलपार्क क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ ।
जितका लागि मात्र ७० रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट्रनले ५.४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
वेष्ट्रनका लागि नेपालको यु १९ का पूर्व कप्तान देव खनालले ३१, रन्जित खत्रीले २४ र प्रज्वल थापाले १३ रन बनाए ।

नरेनापुर क्रिकेट खेलमैदानमा त्यसअघि टस जितेर गोलपार्कले ब्याटिङ रोज्दै १४.४ ओभरमा ६९ रन बनाएर अल आउट भएको थियो ।
गोलपार्कका ओपनर सन्देश पन्थीले २३ र मनिष थापाले १२ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
वेष्ट्रनका सुझाव थापा र सुमित थापाले समान ३ विकेट लिएका थिए । वेष्ट्रनका सुमित थापा प्लेयर अफ दी म्याच घोषित भए ।
उद्घाटनमा खेल्ने २ टोलीसहित साविक उपविजेता न्यु होराईजन क्लब, बुटवल इलाभेन क्रिकेट क्लब, जेआर क्रिकेट क्लब, बुटवल युथ गरि ६ टोलीको प्रतियोगितामा सहभागिता छ । टिम सहभागी रहेको छ ।
असार ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३५ र दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक भुवन पाण्डेले जनाएका छन् ।
प्रतियोगिताको म्यान अफ दी सिरिज ३ हजार ५ सय, उत्कृष्ट बलर, ब्याटरले समान २ हजार ५ सय रुपैयाँ पाउनेछन्।
त्यसअघि बुटवल उपमहानगरपालिका वडा नं १६ का वडाअध्यक्ष अध्यक्ष कृष्ण पौडेलले बल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरे ।
आयोजक समितिका कावा अध्यक्ष रोमित बज्राचार्यले यो प्रतियोगीताले यस क्षेत्रमा खेलाडी उत्पादन गर्न योगदान गरेको बताए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]