6 months ago
June 15, 2025
सुमन अधिकारी,बुटवल
साविक विजेता वेष्ट्रन क्रिकेट क्लबले रुपन्देहीको पुरानो क्लब स्तरीय प्रतियोगिता उजिर सिंह रनिङ सिल्ड टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वेष्ट्रनले गोलपार्क क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ ।
जितका लागि मात्र ७० रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट्रनले ५.४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
वेष्ट्रनका लागि नेपालको यु १९ का पूर्व कप्तान देव खनालले ३१, रन्जित खत्रीले २४ र प्रज्वल थापाले १३ रन बनाए ।

नरेनापुर क्रिकेट खेलमैदानमा त्यसअघि टस जितेर गोलपार्कले ब्याटिङ रोज्दै १४.४ ओभरमा ६९ रन बनाएर अल आउट भएको थियो ।
गोलपार्कका ओपनर सन्देश पन्थीले २३ र मनिष थापाले १२ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
वेष्ट्रनका सुझाव थापा र सुमित थापाले समान ३ विकेट लिएका थिए । वेष्ट्रनका सुमित थापा प्लेयर अफ दी म्याच घोषित भए ।
उद्घाटनमा खेल्ने २ टोलीसहित साविक उपविजेता न्यु होराईजन क्लब, बुटवल इलाभेन क्रिकेट क्लब, जेआर क्रिकेट क्लब, बुटवल युथ गरि ६ टोलीको प्रतियोगितामा सहभागिता छ । टिम सहभागी रहेको छ ।
असार ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३५ र दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक भुवन पाण्डेले जनाएका छन् ।
प्रतियोगिताको म्यान अफ दी सिरिज ३ हजार ५ सय, उत्कृष्ट बलर, ब्याटरले समान २ हजार ५ सय रुपैयाँ पाउनेछन्।
त्यसअघि बुटवल उपमहानगरपालिका वडा नं १६ का वडाअध्यक्ष अध्यक्ष कृष्ण पौडेलले बल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरे ।
आयोजक समितिका कावा अध्यक्ष रोमित बज्राचार्यले यो प्रतियोगीताले यस क्षेत्रमा खेलाडी उत्पादन गर्न योगदान गरेको बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]